सापकोटाको अभिव्यक्तिले दोलखाबासी भ्रममा परेको भन्दै रेकर्डबाट हटाउन एमाले सांसदको माग (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले माओवादीका सांसद माधव सापकोटाको भनाइले दोलखावासीलाई भ्रम परेको भन्दै संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सापकोटाले म्याग्नेसाइडबारे सदनमा दिएको अभिव्यक्तिले दोलखावासीलाई भ्रम परेको बताए।

उनले भने, ‘१८० मिलियन मेट्रिक ट्रन म्याग्नेसाइड दोलखाको भीमेश्वर नगरपालिका ९ अन्तर्गत पर्छ। साउन ७ गते सिन्धुपाल्चोकका सांसद माधव सापकोटाले सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका पर्छ भनेर बोल्नुभयो। त्यसले दोलखामा ठुलो भ्रम सिर्जना गरेको छ। त्यहाँका जनताले हाम्रो खानी सिन्धुपाल्चोकमा कसले पु¥यायो भनेर मलाई बारम्बार फोन गरेका छन् ।’

उनले सापकोटाको यो अभिव्यक्ति सच्याउन वा रेकर्डबाट हटाउन माग गरे ।

 

Comments

One response to “सापकोटाको अभिव्यक्तिले दोलखाबासी भ्रममा परेको भन्दै रेकर्डबाट हटाउन एमाले सांसदको माग (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    माओवादीले त जे पनि बोल्छ । त्यसलाई लाज शरम भए पो । जवाफदेहि हुनु नपर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *