खेलाडी तथा पत्रकार नेता डंगोलले नेकपा एस छाडे

काठमाडौं । नेकपा एससम्बद्ध खेलकुद महासंघ (समाजवादी) का उपाध्यक्ष स्वयंभुराज डंगोल एमालेमा फर्किएका छन् ।

उनलाई एमाले महासचिव शंकर पोखरेलले पार्टी कार्यालय, च्यासल, ललितपुरमा आज स्वागत गरे ।

उनी समाजवादी प्रेस संगठनका संस्थापक केन्द्रीय सदस्य थिए । निश्चित नेतामाथि भएको व्यवहारका नाममा मूल पार्टी एमालेविरुद्धका गतिविधिमा संलग्न हुँदा आफूलाई पछुतो लागेर उक्त पार्टी परित्याग गरेको उनले बताए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *