राष्ट्रपतिबाट संवैधानिक परिषदसम्बन्धी विधेयक पुनर्विचारका लागि प्रतिनिधि सभामै फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि )सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएका छन् ।

सो संशोधन संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यास प्रतिकूल भएकाले संविधानको धारा ११३ को उपधारा (३) बमोजिम पुनर्विचारका लागि विधेयक उत्पत्ति भएको प्रतिनिधिसभामा बिहिबार फिर्ता पठाउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिए ।

दुवै सदनबाट पारित भइ आएको सो संसोधन विधेयक प्रमाणिकरणका लागि गत असार ३१ गते राष्ट्रपतिसमक्ष आएको थियो ।

Comments

One response to “राष्ट्रपतिबाट संवैधानिक परिषदसम्बन्धी विधेयक पुनर्विचारका लागि प्रतिनिधि सभामै फिर्ता”

  1. ksp pyl Avatar
    ksp pyl

    ओलिको कार्यकालमा विकासले गति लिईरहेको छ । अर्थतन्त्र सबल बन्दैछ र कानून निर्माणका हिसावले महत्वपूर्ण समय बनिरहेको छ । तर ओलिको उचाई बढदा आफू सानो भइने भयो भनेर काँग्रेसकै केही विदेशीका आदेशपालकहरू विधेयकहरू रोक्न हिडेका छन् । पास भैसकेको विधेयक फिर्ता पठाउन लगाए । देशलाई डेडलकमा राख्न चाहाने विदेशीका भाडाका टट्टुहरूको काम हो यो । नागरिकताजस्तो संवेदनशील विधेयकलाई समितिमा नलगी पास गर्न तयार हुने ती भाडाका टट्टु अहिले भूमि विधेयक अडकाउन तल्लिन छन् । शिक्षा विधेयक थप छलफलको नाममा अडकाउने पनि तिनै दलाल हुन् । निजामति विधेयकमा भाँडभैलो गराउने तिनै थिए र अब राष्ट्रिय सभामा लगेर तिनैले अडकाउनेवाला छन् । त्यसमा प्रचण्डका भाइ दाहालको पनि सहयोग हुनेवाला छ । गगन थापाजस्तो काम नलाग्ने नेता मैले देखिन यो देशमा । त्यस्तो स्वभाव, त्यस्तो विचारको मान्छेले केही गर्दैन, लेखेर राख्नुछ । यसलाई काँग्रेसले अब उठन नसक्ने गरि थचारिदिन्छ । यिनीहरू भनेका देशको लागि काम गर्ने भन्दा पनि विदेशीका आदेशपालक हुन् । अब देउवाले यिनलाई हप्काएर तह लगाउनु पर्छ किनकी यिनले बदमास काम गर्दैछन् । ऐन बनाउन रोक्नेलाई देउवाले ठिक पार्नु पर्छ नत्र देउवाको पनि पालो आउदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *