मर्स्याङ्दीमा अटोरिक्सा खसेपछि…

लमजुङ । लमजुङ–मनाङ जोड्ने बेँसीसहर–चामे सडकखण्डमा आज अटोरिक्सा मर्स्याङ्दी नदीमा खस्दा चालकसहित ६ जना घाइते भएका छन् ।

बेँसीसहरबाट मर्स्याङ्दी गाउँपालिकाको खुदीबजारतर्फ जाँदै गरेको गप्र ००४००१ ह २८५ नम्बरको अटोरिक्सा बेँसीसहर–६  खरखरे भिरबाट मस्र्याङ्दीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश बोहोराले जानकारी दिए ।

गोरखाको आरुघाट गाउँपालिका–१ की ४५ वर्षीया स्यानुमाया गुरुङ, ३५ वर्षीया अञ्जली गुरुङ, ४८ वर्षीया धनकुमारी गुरुङ र ४० वर्षीया शिलादेवी गुरुङ तथा नुवाकोटको तादी गाउँपालिका–२ की ४५ वार्षीया सुस्मिता तामाङ र अटोरिक्सा चालक मस्र्याङ्दी–४ का ३० वर्षीय टोपबहादुर लामा घाइते भएका छन् ।

स्यानुमाया गुरुङ र सुस्मिता तामाङलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन पठाइएको प्रहरी नायब उपरीक्षक बोहराले बताए ।

अन्य घाइतेको बेँसीसहर–८ स्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ । -रासस

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *