दैनिक ६ घण्टाबढी सामाजिक संजाल चलाउनेमा डिप्रेसन, सांसद बरालका छन् यस्ता सुझाव

काठमाडौं । नेकपा एमाले संसदीय दलका सचेतक सुनिता बरालले मानसिक स्वास्थ्य र आत्महत्याको अवस्था डरलाग्दो ढंगले बढेको भन्दै यसको नियन्त्रणमा सचेत बन्न आग्रह गरेकी छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद बरालले नेपाल प्रहरीको एक वर्षको तथ्यांकमा ६ हजार एक सय २ जनाले आत्महत्या गरेको र त्यसमध्ये ५ हजारले झुण्डिएर आफ्नै ज्यान लिएको बताइन् ।

उनले एक अन्तर्राष्ट्रिय अध्ययनलाई उदृत गर्दै दैनिक ६ घण्टाभन्दा बढी सामाजिक संजाल चलाउने व्यक्तिमा चिन्ता, डिप्रेसन, मानसिक समस्या, एक्लोपन र निद्रा बिग्रनेजस्ता समस्या देखिएको बताउँदै साइबर सेफ्टी शिक्षा आवश्यक रहेको समेत बताइन् ।

सांसद बरालले सामाजिक संजाल प्रयोग सम्बन्धी शिक्षा र साइबर सेफ्टीका साथै मानसिक स्वास्थ्य परामर्शका लागि नीति बनाएरै जानुपर्नेमा जोड दिइन् । उनले सामाजिक संजालको प्रयोगलाई स्वास्थ्य सुरक्षा मापदण्डमा पार्नुपर्ने बताइन् ।

याे पनि पढ्नुस्/हेर्नुस्:

स्मार्टफोन एडिक्सन : कुन देशका कति मानिस र कुन पुस्ता बढी प्रभावित ? (भिडियो)

मोबाइलको अत्यधिक प्रयोगले ल्याउन सक्छ खतरनाक अवस्था, के हो नोमोफोबिया ? (भिडियो)

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *