नेकपा एसका सांसद ज्वालाको टिप्पणी- यो जति भ्रष्ट र विवादित मन्त्रिपरिषद् कुनै थिएन (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले अहिलेसम्मको भ्रष्ट र विवादित मन्त्रिपरिषद् अहिले प्रधानमन्त्री केपी ओली नेतृत्वकै भएको दाबी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले आफू भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ भने पनि व्यवहारमा नदेखिएको बताए ।

उनले भने, ‘अख्तियारमा बयान दिन मन्त्री, पूर्वमन्त्री र कर्मचारीहरूको जुलुस लागेको छ । यो त अलि लज्जाजनक भएन र प्रधानमन्त्रीज्यू ? भ्रष्टाचारमा जोडिएका मन्त्रीहरूलाई राजीनामा दिएर मात्रै उन्मुक्ति दिने होइन, कारबाहीको प्रक्रिया अघि बढाइयोस् ।’

सरकार गठन भएको एक वर्षसम्म पनि सम्पत्ति विवरण सार्वजनिक नगरेको भन्दै आपत्ति जनाए ।

Comments

One response to “नेकपा एसका सांसद ज्वालाको टिप्पणी- यो जति भ्रष्ट र विवादित मन्त्रिपरिषद् कुनै थिएन (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    अध्यक्षले हाकाहाकी जग्गा बेच्दा पनि कारवाही नगर्ने मन्त्रिपरिषद चाहिएको ? यसले त भटाभट कारवाही ठोकिरहेको छ त । तिम्रा मालिक परेको थाहा छैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *