वीरगञ्ज । प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार बारा आउँदैछन् ।
परवानीपुर गाउँपालिकामा नवनिर्मित प्रशासनिक भवनको उद्घाटन समारोहका निम्ति प्रधानमन्त्री आउन लागेको सांसद तथा पार्टी पोलिट्व्युरो सदस्य ज्वालाकुमारी साहले बताइन् ।
प्रधानमन्त्रीको आगमनलाई ऐतिहासिक बनाउन परवानीपुर गाउँपालिका अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मीले कार्यक्रमको भव्य तयारी भइरहेको जानकारी दिए । उनका अनुसार जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासी तथा एमालेका नेता–कार्यकर्ता पूर्णउत्साहका साथ कार्यक्रम सफल बनाउन जुटिरहेका छन् ।
पर्सा जिल्लाको वीरगञ्ज शहरसँगै जोडिएको परवानीपुरमा प्रधानमन्त्री आउने भएपछि वीरगञ्ज र आसपासका स्थानीयवासी पनि कार्यक्रममा जाने तयारीमा छन् ।
भवनको उद्घाटनपछि प्रधानमन्त्री ओलीको सम्वोधन गर्ने कार्यक्रम छ । सदरमुकाम कलैयामा बारा र पर्साका विभिन्न सरकारी कार्यालय प्रमुखलाई निर्देशन मन्तव्य दिने कार्यक्रमको समय मिलाउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय, कलैयाका एक अधिकृतले बताए ।

Leave a Reply