नेपालमा बेलाबेला सरकारी कार्यालयका कम्प्युटरबाट डेटा हराएका खबरहरु आउने गर्छन्, जसले सुरक्षा संवेदनशीलतामाथि प्रश्न उठ्छ । यस्तो किन हुन्छ त ? अनि हाम्रा व्यक्तिगत कम्प्युटर वा ल्यापटप कति सुरक्षित छन् ?
कम्प्युटरकाे मुख्य सुरक्षा कवच भनेकाे एन्टिभाइरस सफ्टवेयर हाे । हाम्राे देशमा अधिकांश सरकारी तथा गैरसरकारी कार्यालयहरुमात्र नभएर निजी कम्प्युटरहरुमा पनि विदेशी कम्पनीका एन्टीभाइरस सफ्टवेयर प्रयोग हुने गरेका छन् । तर यस्ता विदेशी सफ्टवेयरकाे विश्वसनीयता र प्रभावकारिता दिनानुदिन खस्किँदाे छ ।
आखिर किन बाध्य छौं त हामी विदेशी एन्टीभाइरस नै प्रयोग गर्न ? कतै भरपर्दो नेपाली सफ्टवेयर नभएर त होइन ? त्यस्ताे लाग्छ यदि भने आउनुस हामी तपाईलाई एउटा भरपर्दो नेपाली एन्टीभाइरस सफ्टवेयरबारे जानकारी दिन गइरहेका छाै, जसले केही वर्षदेखि आफूलाई अन्तर्राष्ट्रियस्तरमै प्रमाणित गरिसकेको छ । याे सफ्टवेयरकाे विषयमा सबै जानकारी यस लेख र तल दिएकाे भिडियाे लिंकमा पाउनुहुनेछ ।
000
प्रधानमन्त्री केपी शर्मा ओलीको ‘सुखी नेपाल समृद्ध नेपाली’ जत्तिकै चर्चित नारा हो ‘डिजिटल नेपाल’ । जसलाई मूर्तरुप दिन २०८२/०८३ को बजेटले पनि नेपालमा डिजिटल पूर्वाधार निर्माण र इकोसिस्टम निर्माण गर्न भन्दै ७४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । नेपालमै आईटीका क्षेत्रमा प्रगतिको पदमा लम्किरहँदा बजेटले समेट्नु प्रेरणादायी विषय पक्कै पनि हो । तर के यो व्यवहारमा पनि उत्तिकै प्रशंसनीय छ त ?
हाल नेपालमा फ्रान्चाइज बिजनेस रियालिटी सो ‘सार्क ट्यांक नेपाल’को चर्चा भइरहँदा हामी नेपालमै बनेको एउटा एन्टीभाइरस सफ्टवेयरबारे तपाईंलाई विस्तृतमा बताउँदैछौं ।
पहिले चर्चा गरौं कि एन्टीभाइरस सफ्टवेयर किन चाहिन्छ ? हामीले मोबाइल, कम्प्युटर वा ल्यापटप चलाउँदा विभिन्न सफ्टवेयर वा एप्सहरु डाउनलोड गर्छौं । तर भाइरस बनाउनेहरुले त्यस्ता सफ्टवेयर र एप्समा पहिल्यै भाइरस हालिदिएका हुनसक्छन् । यसर्थ तिनीहरुलाई डाउनलोड गर्दा आफ्नो डिभाइसमा आउने र विभिन्न जोखिम निम्त्याउने गर्छन् । त्यसैबाट बच्न र आफ्ना डेटालाई सुरक्षित राख्न एन्टीभाइरसको प्रयोग गर्नुपर्ने सफ्टवेयर इन्जिनियरहरु बताउँछन् ।
विश्वमा कुन एन्टीभाइरस बढी प्रयोग हुन्छ ?
एन्टीभाइरस प्रयोग अनिवार्य गर्नुपर्ने भएपछि नेपाललगायत विश्वका मुलुकहरुमा कुन एन्टीभाइरस सफ्टवेयर सबभन्दा धेरै प्रयोग हुन्छन् त ? तथ्यांकले भन्छ रसियन कम्पनीको एन्टीभाइरस क्यास्परस्काइ र रोमानियन कम्पनीको बिट डिफेन्डर जस्ता सफ्टवेयरहरु बढी लोकप्रिय छन् । नेपालको कुरा गर्दा करिब सबै सेक्टरमा विदेशी एन्टीभाइरस प्रयोग हुन्छ । जसमध्ये पनि सबैभन्दा बढी क्यास्परस्काईको प्रयोग अत्यधिक छ । तर क्यास्परस्काइलाई स्पाइवेयर भनेर विकसित मुलुकहरुले आफ्नो देशमा प्रतिबन्धित गरेका छन् ।
पोल्याण्डको बैंकका ग्राहकहरुको तथ्यांक लिक भएपछि पोल्याण्डले क्यास्परस्काइलाई दोष देखाउँदै आफ्नो देशमा उक्त कम्पनीको लगानी रोक्यो भने यसको प्रयोगबाट पनि पछि हट्यो । त्यसको लगत्तै अमेरिकाले पनि यसलाई स्पाइवेयर भएको आरोप लगाएर राष्ट्रिय सुरक्षाको कारण देखाउँदै २०२४ सेप्टेम्बेरदेखि आधिकारिक रुपमा राेक लगायाे । त्यस्तै, जर्मनीलगायतका अधिकांश युरोपेली राष्ट्रहरुले यो सफ्टवेयर प्रतिबन्धित गरेका छन् । त्यस्तै, रोमानियन कम्पनीको एन्टीभाइरस बिटडिफेण्डरलाई पनि चीन, बेलारुस, इरान जस्ता देशमा ब्यान गरिएको छ भने नोर्टनलाई भीपीन सेक्युर गर्न नसक्ने भन्दै भारतमा प्रतिबन्ध लगाइएको छ । यी सबैको कारण भनेको साइबर सुरक्षामा देखिएको चुनौती नै हो ।
नेपालले भने अधिकांश सेक्टरमा क्यास्परस्काइ नै प्रयोग गर्छ । यसअघि भने भारतीय कम्पनीको एन्टीभाइरस क्वीक हिल प्रयोग गर्थ्यो । तर भारतले आफ्नो प्रोटेक्सनको लागि भन्दै यसको निर्यातमा कमी गरेको सफ्टवेयर विज्ञहरु बताउँछन् ।
यसबाट के बुझ्ने त ? तुलनात्मकरुपमा आफ्नै स्वदेशमा उत्पादन भएको एन्टीभाइरस प्रयोग गर्नु उचित हुने देखिन्छ । पहिलो त नेपालको उद्यमशीलताको विकास हुन्छ । दोस्रो यसमा संलग्न उद्यमीहरुलाई प्रोत्साहन भइ अन्य नवप्रवर्तनका कार्य गर्न प्रेरणा मिल्छ । तेस्रो झनै महत्वपूर्ण कुरा भनेको सर्वसुलभ हुनुका साथै नेपाली रकम बाहिर जान पाउँदैन ।
अब आउनुस् चर्चा गरौं नेपालमै एमसेक्युरिटी प्रालिले सन् २०१६ देखि निर्माण सुरु गरेको एन्टीभाइरस सफ्टवेयर ‘एमसेक्युरिटी’को बारेमा । यो साउथ एसियाकै दोस्रो एन्टीभाइरस सफ्टवेयर हो । अहिलेको अत्याधुनिक एडभान्स्ड प्रविधिबाट बनेको यो एन्टीभाइरस सफ्टवेयरको सर्वप्रथम सन् २०१९ मा एन्ड्रोइड फोनमा प्रयोग गरिएको थियो । २०२२ बाट भने आइफोन, डेस्कटप र ल्यापटपमा प्रयोग गर्न थालियो । हालसम्मको यसको प्रयोग निकै राम्रो रहेको यसका प्रयोगकर्ताहरु बताउँछन् ।
त्यति मात्र होइन एम सेक्युरिटी नेपाली सफ्टवेयर डेभलपरले बनाएको त छँदैछ यस सफ्टवेयर अन्तर्राष्ट्रियस्तरको आईएसओ २७००१ प्राप्त सफ्टवेयरसमेत हो । आईएसओ २७००१ भनेको इन्फरमेसन सेक्युरिटी, साइबर सेक्युरिटी, प्राइभेसी प्रोटेक्सन इन्फरमेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टम मापदण्ड हो । अर्थात सूचना प्रविधि सुरक्षाको गुणस्तर मापदण्ड हो ।
यसले कसरी काम गर्छ त ?
अब कुरा गरौं एम सेक्युरिटीको फंक्सनको । यो पछिल्लो अत्याधुनिक मोडलमा आधारित एन्टीभाइरस हो । जसमा एआई मोडलले कार्य गर्छ । विश्वका ठूला कम्पनीहरुले समेत भर्खरैदेखि मात्र एआई मोडलमा काम गरिरहँदा एम सेक्युरिटीले सुरुदेखि नै आफूलाई परिष्कृत बनाएको यसका डिभलपर बताउँछन् ।
त्यस्तै, जिरो डे अट्याकको सिस्टम पनि प्रभावकारी ढंगले यसमा सिस्टमाइज गरिएको छ । जिरो डे अट्याक भनेको कुनै नयाँ भाइरसले आक्रमण गर्यो भने सफ्टवेयरको एआई मोडलले रियल टाइममै डिटेक्ट गर्छ र सुरक्षित बनाउँछ ।
त्यस्तै, अर्को निकै प्रशंसनीय विशेषता भनको यो सफ्टवेयरको फाइल साइज निकै नै सानो छ । केवल २६ एमबी साइजको यो सफ्टवेयरले कम्प्युटर वा ल्यापटपको स्पेस धेरै लिँदैन । जसले अन्य फंक्सनलाई असर गर्ने सम्भावना न्यून हुन्छ । रोचक त के छ भने एम सेक्युरिटी सम्भवतः विश्वकै सबैभन्दा सानाे साइजकाे एन्टीभाइरस हो ।
अर्को फाइदाजनक सिस्टम भनेको सिंगल एक्सेस लिएर अफिसका कम्प्युटरहरुमा इन्स्टल गरेपछि कुन कम्प्युटरमा कुन भाइरसले समस्या निम्त्याएको छ भनेर ड्यासबोर्डबाटै हेर्न सकिन्छ । त्यतिमात्र होइन यसमा कस्टमाइज्ड भीपीएनको समेत सुविधा रहेको छ । यसले सबैभन्दा धेरै अट्याक गर्ने रानसमवेयरलाई सजिलै प्रोटेक्ट गर्छ ।
सबैभन्दा सरोकारको विषय भनेको मूल्य हो । एम सेक्युरिटी विदेशी एन्टीभाइरसको तुलनामा निकै सस्तो समेत छ । नेपाली उत्पादन, अन्तर्राष्ट्रिय मान्यताप्राप्त, सानो साइज र सर्वसुलभ मूल्य, अब सोचौं त ‘डिजिटल नेपाल’ बनाउन यसको पनि महत्वपूर्ण भूमिका हुन्छ कि ?
तर हालसम्म पनि नेपालका सूचना प्रविधि मन्त्रालय, गृह, शिक्षा मन्त्रालयदेखि लिएर स्थानीय सरकारसम्मका निकायमा विदेशी सफ्टवेयर प्रयोग भइरहेकोबारे गम्भीर चिन्ता र प्रश्न उठ्न थालेका छन् । त्यति मात्र होइन, प्राविधिक विशेषज्ञहरूका अनुसार यसका पछाडि प्रविधिको अज्ञानता मात्र होइन, स्वार्थ, पहुँच र कमिशनको खेल पनि रहेको छ । यसकाे चर्चा हामी अर्काे आलेखमा गर्नेछाै ।

Leave a Reply