काठमाडौं । अग्नि ग्रुपले अग्नि लजिस्टिक्स प्राइभेट लिमिटेडले ‘महिन्द्रा बोलेरो नियो एसयुभि’ र ‘महिन्द्रा जिओ इभि पिक-अप ’ नामक दुई नयाँ गाडी सार्वजनिक गरेको छ । दुई वटा नयाँ गाडीसँगै अग्निग्रुपले डेलिभरि भ्यान पनि सार्वजनिक गरेको छ ।
बुधबार हेटौँडामा आयोजना गरेको ‘लजिस्टिक्स उद्घाटन तथा प्रोडक्ट लन्च समारोह’ कार्यक्रममा नयाँ ‘लजिस्टिक्स सेन्टर’ सुरू गरेपछि अग्नि इन्कर्पोरेटेड प्रा.लि.मार्फत अग्निग्रुपले महिन्द्राका २ नयाँ गाडीहरू महिन्द्रा बोलेरो नियो एसयुभि र महिन्द्रा जियो इभिलाई एकैसाथ सार्वजनिक गरेको छ।
उक्त समारोहमा बागमती प्रदेशका मुख्यसचिव भुपाल बराल, अग्निग्रुपकाअध्यक्ष क्याबिनेट श्रेष्ठ, अग्निग्रुपका प्रबन्धनि र्देशक सुसन श्रेष्ठ, अग्निग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा, अग्निग्रुपका उपाध्यक्ष वेदासताषा श्रेष्ठ, महिन्द्रा एण्ड महिन्द्राका ‘नेपाल, भुटान र बंगलादेश’ का लागि क्षेत्रीय प्रबन्धक चैतन्य कागलकरद्वारा अग्नि ग्रुपका विशेष पदाधीकारीहरू,महिन्द्रा एण्ड महिन्द्राका विशेष पदाधीकारीहरू, नेपालका लजिस्टिक्स विशेषज्ञहरू, मिडिया तथा व्यावसायिक ग्राहकहरु कार्यक्रममा सहभागी थिए ।

उक्त कार्यक्रमलाई बागमती प्रदेशका मुख्यसचिव बराल र अग्निग्रुपका अध्यक्ष श्रेष्ठद्वारा ताम्रपत्र अनावरण गरी लजिस्टिक्स सेन्टरको उद्घाटन गरिएको हो ।

अग्नि लजिस्टिक्स जस्ता नयाँ लजिस्टिक्स सेन्टरहरू खुल्नु नेपालमा पूर्वाधार क्षेत्रको विकासको लागि एक महत्त्वपूर्ण उपलब्धी हो । देशको व्यवसाय क्षेत्रमा प्रविधि र पूर्वाधारको कमिलाई मध्यनजर गर्दै, अग्नि लजिस्टिक्सले भरपर्दो थ्रिपिएल सेवामार्फत व्यवसायलाई अझ क्षमतावान र चलायमान बनाउने भूमिका खेल्न प्रतिबद्ध रहेको छ ।
त्यसैगरी वर्षौँदेखि व्यावसायिक सवारी तथा अटोमोटिभ क्षेत्रमा नेपाली ग्राहकहरूको विश्वास जित्न सफल अग्नि इन्कर्पोरेटेड, ग्राहकहरूको आवश्यक्तालाई मध्यनजर गर्दै अझै नयाँ र भरपर्दो सवारी साधनहरू सजिलै उपलब्ध गराउन प्रतिबद्ध रहेको छ ।


Leave a Reply