जनार्दनलाई प्रचण्डको जवाफ- सिँगौरी खेल्न दिएकै छु, उदारतालाई कमजोरी नठान्नू

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी उपमहासचिव जनार्दन शर्मालाई आफूले पार्टीमा प्रशस्त सिँगौरी खेल्न दिएको बताएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आफ्नो उदारतालाई कमजोरी नठान्न चेतावनी दिए ।

हिजो उपमहासचिव शर्माले एक कार्यक्रममा बोल्दै माओवादीलाई नयाँ पुस्ताले नेतृत्व गर्ने वातावरण बनाउन लागेको भन्दै पार्टी पुनर्गठनको विकल्प नभएको बताएका थिए । उनले पार्टीमा निरङ्कूशता र व्यक्तिवादी हाबी भएको दाबी गरेका थिए ।

प्रचण्डको जवाफ थियो, ‘धेरै पटक आलोचना गरेको सुन्छु । एकथरी मान्छेलाई छटपटी भएको छ । ३६ वर्ष भइसक्यो छोड्दैन भन्छन्, प्रचण्डबाहेक, म यसो सोध्छु राति सुत्ने बेला सोच्छु, एकमनले सोच्छु अब छाड्दिऊँ कि के हो बेकार, भन्या जस्तो लाग्छ । फेरि एक मनले विचार गर्‍यो मैले छोड्यो भने झन् बर्बाद हुन्छ कि भन्ने डर लाग्छ ।’

उनले भिन्न मतलाई दमन गर्ने आफ्नो कमजोरी नभएको भन्दै उदार हुनु कमजोरी भएको बताए ।

‘मलाई पार्टीभित्र बढी आलोचना हुने विषय पनि त्यही हो । मैले कसैलाई कारबाही गरिनँ, बाबुराम, किरण, बादल अरू थुप्रै मैले कसैलाई पार्टीबाट निकालेको छैन । तर, कतिपयलाई ननिकाले पनि के गर्ने बस्ने ठाउँ नै नदिएपछि भन्ने लाग्छ, त्यो पनि सत्य होइन । मैले पर्याप्त छलफलका वातावरण दिने गरेको छु’ दाहालले भने, ‘अहिले केही केही साथीले सिँगौरी खेल्न पाए हुन्थ्यो जस्तो गर्नुभएको छ, मैले प्रशस्त सिँगौरी खेल्न दिएको छु । कति सिँगौरी खेल्न मन छ खेल्नुस्, अस्ति डेढ महिना परामर्श बैठक भन्दै सँगै लिएर हिँडे । त्यो भन्दा बढी के हो जनवाद ?’

Comments

3 responses to “जनार्दनलाई प्रचण्डको जवाफ- सिँगौरी खेल्न दिएकै छु, उदारतालाई कमजोरी नठान्नू”

  1. manaia thompson Avatar
    manaia thompson

    एउटा ज्यन्मराले अर्को ज्यान्मारालाई दिएको च्यालेन्ज|यो ठुलो ज्यान्मारा आफ्नै भ्रूण हत्या गरेर १७०००+१ बनाउने तरखरमा देखिन्छ|

  2. manaia thompson Avatar
    manaia thompson

    एउटा ज्यन्मराले अर्को ज्यान्मारालाई दिएको च्यालेन्ज|यो ठुलो ज्यान्मारा आफ्नै भ्रूण हत्या गरेर १७०००+१ बनाउने तरखरमा देखिन्छ|

  3. Nick Kashyap Avatar
    Nick Kashyap

    माओबादी र एमाले पश्चिमा शक्तिले गठन गरिदिएका भतुवाहरू हुन्, दानापानी उतैबाट आउॅछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *