डा. त्रिशला गुरुङको गुनासो : सिंगिङ स्टार सकिएको तीन महिनासम्म आधा तलव पनि पाइएन

काठमाडौं । ‘सिंगिङ स्टार’ सुरु भएको तीन महिना बितिसक्दा पनि तलव नपाएपछि सोही कार्यक्रमकी जज त्रिशला गुरुङले एक स्टाट्स लेख्दै गुनासो पोखेकी छिन। त्रिशलाले देशको मनोरञ्जन उद्योगको अवस्था देखेर आफु अत्यन्तै दुखी भएको र कार्यक्रम सुरु भएको ३ महिना बितिसक्दा पनि कसैले रकमको आधा भुक्तानीसमेत नपाएका बताएकी छिन।

उनले लेखेकी छिन, ‘सबैलाई नमस्कार। आज हाम्रो देशको मनोरञ्जन उद्योगको अवस्था देखेर म अत्यन्तै दुखी छु। तपाईंहरुले याद गर्नुभएकै छ कि म यस वर्ष ‘सिंगिङ स्टार नेपाल’ को एक जजको रूपमा थिएँ। हामी सधैं हाम्रो कामप्रति इमान्दार थियौं र सधैं ब्रान्डलाई आफ्नै जस्तै सोच्थ्यौं। तर कार्यक्रम सुरु भएको ३ महिना बितिसक्दा पनि हामीले सम्झौतामा भएको रकमको आधा पनि भुक्तानी पाएका छैनौं ।’

अहिले आएर कार्यक्रमका संयोजक तथा डिरेक्टर प्रमोद भण्डारी पुर्ण रुपले सम्पर्कविहिन भएको त्रिशलाको भनाइ छ। उनी भन्छिन,‘ कार्यक्रमका प्रोजेक्ट हेड पुरै टिमलाई पूर्ण रूपमा बेवास्ता गरेर बसिरहनु भएको छ। यो उद्धोेगमा गरिएको सम्झौताहरुलाई अहिले मजाकको रूपमा हेरिएको छ।’

आफुहरु समस्यामा परेकाले समाधान गर्ने उत्तम तरिकाको सुझाव दिन त्रिशलाले सबैलाई आग्रह गरेकी छन। साथै उनले कार्यक्रमसँग सम्बन्धित सबै मिडिया पार्टनरहरू र निर्माण कम्पनीहरुलाई ट्याग गर्न आफुलाई मद्दत गर्नसमेत बैलाई अनुरोध गरेकी छिन।

त्रिशलाले आफ्नो कार्यक्रमको एक मिडिया पार्टनर प्राईम टिभीलाई ट्यागमेत गरेकी छिन।

‘रील्स इन्टरटेन्मेन्ट’ को प्रस्तुतिमा तयार भएको ‘सिङ्गिङ स्टार नेपाल सिजन १’ प्रत्येक शनिवार र आइतबार राति ९ बजे प्राइम टिभी र बुढासुब्बा युटउब च्यानलबाट प्रसारण हुन्थ्यो। कार्यक्रम तीन महिना अघिबाट मात्र सुरु भएको हो। चार दिन अघि मात्र कार्यक्रमको एपिपोड ४ प्रसारण भएको थियो।

कार्यक्रमको प्रोजेक्ट हेड र निर्देशकमा अहिले सम्पर्कविहिन रहेका प्रमोद कुमार भण्डारी छन् भने निर्माता टोलीमा शिखर गौतम, बुद्धि प्रसाद ढुंगाना, र नभराज चौलागाईं छन्। साथै कार्यक्रमको जजहरूमा डा. त्रिशला गुरुङका अलावा अर्जुन पोखरेल र सनुप पौडेल रहेका छन्।

Comments

One response to “डा. त्रिशला गुरुङको गुनासो : सिंगिङ स्टार सकिएको तीन महिनासम्म आधा तलव पनि पाइएन”

  1. Raj Avatar
    Raj

    काम गर्यो तलब छैन। काम पाएर पनि सुख छैन यो देशमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *