रुपन्देही । नेकपा (एमाले) लुम्बिनी प्रदेशले पार्टी सञ्चालन र व्यवस्थापनसम्वन्धी तीन दिने प्रशिक्षण कार्यक्रम बुधवारदेखि बुटवलमा सुरु गरेको छ । रुपन्देही, कपिलवस्तु र नवलपरासीका शाखा अध्यक्षहरु सम्मिलित प्रशिक्षण कार्यक्रममा पार्टी संगठनका शाखा अध्यक्षहरुको सहभागिता छ ।
तालिमको उद्घाटन गर्दै प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले पार्टीलाई सञ्चालन गर्ने तरिका एउटै विधि र तरिकाले सञ्चालन हुन सकुन् भनेर प्रशिक्षणको कार्यक्रम राखिएको बताए । सवै जिल्लाका सवै शाखामा कम्तिमा अध्यक्षहरुले यस्ता विषयवारे जानकारी पाउन् भनेर राखिएको यस्तो कार्यक्रम चार पटक सञ्चालन गरिने उनले जनाए।
पार्टी उपाध्यक्ष तथा स्कुल विभाग प्रमुख भोजप्रसाद श्रेष्ठले पहिलो दिनको प्रशिक्षणमा प्रदेश कमिटी सदस्य युवराज घिमिरेले बैठक सञ्चालन र माइन्युट लेखन र दलबहादुर गुरुङ्ले तालिम व्यवस्थापनवारे सहजीकरण गर्ने जानकारी दिए ।
दोश्रो दिनको प्रशिक्षणमा पार्टी गतिविधिको प्रचार शैली र प्रचारका माध्यम विषयमा प्रदेश कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख डीआर घिमिरे, जन संगठन सञ्चालनमा पार्टीको दायित्व विषयमा प्रदेश कमिटी सदस्य कल्पना थापा, पार्टी र विकास निर्माणमा पार्टी उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले सहजीकरण गर्ने भएका छन् ।
त्यस्तै संगठन र पार्टी सञ्चालन विधिमा पार्टी अध्यक्ष राधाकृष्ण कँडेल, अर्थ राजनीतिमा केन्द्रीय स्कुल विभागका सदस्य वद्रीनाथ खनालले सहजीकरण गर्ने तयारी छ ।
तीन दिनको प्रशिक्षणमा योजना र छनौट विधिमा मुख्यमन्त्री कार्यालयका भौतिक पूर्वाधार विज्ञ जीवन अर्याल, माक्र्सवाद र जनताको बहुदलीय जनवादमा केन्द्रीय सदस्य लक्ष्मण ज्ञवाली, सामयिक राजनीति र भोलिको एमाले विषयमा केन्द्रीय सचिव एवं इन्चार्ज पद्मा अर्यालले सहजीकरण जनाइएको छ ।


Leave a Reply