एमाले होस् वा अरू, महिलाहरू प्रतिनिधित्व भएर आउँदा गर्व लाग्छ : प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्रप्रति सबैभन्दा धेरै चिन्ता आफूलाई भएको बताएका छन् । गणतन्त्र अगाडि र पछाडिको नेपाल तुलनात्मक अध्ययन पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरू रगत, पसिना बगाएर ल्याएको भएकाले सबैभन्दा बढी चिन्ता आफूहरूलाई भएको बताए ।

प्रचण्डले भने, ‘अभियान चल्दा चल्दै गणतन्त्रमाथि प्रश्न उठेपछि हामी काठमाडौं आएर विशाल प्रदर्शन त्यतिकै गरेको होइन ।’

उनले कसैले स्वीकार नगरे पनि महिला, दलित, आदिवासी, जनजातिहरूले पाएको अधिकारमा आफूहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए । त्यसलाई कसैले अब उल्ट्याउन नसक्ने बताए ।

उनले भने, ‘नेपाली महिलाहरू जुनसुकै पार्टीबाट आए पनि मलाई गर्व लाग्छ । चाहे नेकपा एमाले होस्, नेपाली कांग्रेस वा अरू दलबाट प्रतिनिधित्व भएर महिलाहरू आउँदा मलाई गर्व लाग्छ । हामीले गरेको औचित्य प्रमाणित भएको छ भनेर। यदि हामीले त्यो विद्रोह नगरेको भए यो स्थिति हुने थिएन ।’

Comments

One response to “एमाले होस् वा अरू, महिलाहरू प्रतिनिधित्व भएर आउँदा गर्व लाग्छ : प्रचण्ड (भिडिओ)”

  1. manaia thompson Avatar
    manaia thompson

    यो ज्यान्मारा रगत लागेको मुख लिएर शिकारको खोजीमा छ जस्तो छ है, नेपाली चेलिहरू होशियार हुनु किनकी यो अहिले भोको [स्वास्नीमान्छेको ] छ| सोम शर्माले झें सोच्दै होला “मेरो मरेको छोरोले मौज मस्ती गरेर गयो, माँ किना नगरौं” मौक़ा यही हो चौका मरिदे, किनकी अफनी स्वस्निलई कुन्नि कता पठाई हालिस\

Leave a Reply

Your email address will not be published. Required fields are marked *