अब जलविद्युत कम्पनीले उत्पादन शुरु गरेपछि मात्रै आईपीओ ल्याउन पाउने 

काठमाडौं । अब जलविद्युत कम्पनीले उत्पादन शुरु गरेपछि मात्रै आईपीओ ल्याउन पाउने भएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) यस्तो व्यवस्था गर्न लागेको हो ।

आर्थिक वर्ष २०८२/८३ का लागि सेबोनको धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रममा भनिएको छ, ‘जलविद्युत क्षेत्रका कम्पनीहरूको उत्पादन शुरु गरेपछि मात्र प्राथमिक शेयर निष्काशन गर्न सक्ने व्यवस्था गर्ने ।’

आईपीओको निष्काशन अनुमतिको विषयलाई लिएर सेबोन र ऊर्जा उत्पादकहरूबिच लामो समयदेखि रस्साकस्सी चलिरहेको छ । आईपीओ निष्काशन गर्न नपाउँदा आयोजनाको काम प्रभावित भएको उनीहरूको बताउँदै आएका छन् ।

त्यस्तै, सेबोनले धितोपत्र कारोबारको लागि धितोपत्र व्यवसायी मार्फत मार्जिन कर्जा उपलब्ध हुने व्यवस्था गर्ने भएको छ । यसका साथै प्रिमियम र बुक बिल्डिङ प्रक्रियाबाट शेयर निष्कासनको लागि पारदर्शी विधि अबलम्बन गरिने सेबोनले जनाएको छ ।

सरकारी संस्थानहरूमा सरकारले ऋण लगानी गर्नुको सट्टा ऋणपत्र जारी गरेर लगानीको लागि वित्तीय साधन परिचालन गर्ने व्यवस्था गरिने भएको छ । सरकारी ऋणपत्रको दोस्रो बजार कारोबार हुने व्यवस्था गरिने भएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *