काठमाडौं । आँखा उपचारमा एनआई सी एशिया बैंक र एएसजीआई केयर एण्ड हेल्थ सर्भिसबीच सहकार्य भएको छ।
बैंकका ग्राहकहरुलाई आँखा उपचार सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता भएको हो। सम्पन्नभएको छ । बैंकका ग्राहकहरुले एएसजीआई केयर एण्ड हेल्थ सर्भिसमा आँखा उपचार सेवापछि डिजिटल भुक्तानीगर्दा विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन् ।
बैंकका ग्राहकहरुले (Surgery Procedures) मा १५ प्रतिशत वा बढीमा १० हजारसम्म र ( Minor Investigation/Optical/lens) मा १० प्रतिशतको छुटका साथै पहिलो पटक सेवा लिने ग्राहकहरुले ओपीडी शुल्क र दर्ता शुल्कमा पूर्ण छुटको सुविधाउपभोग गर्न सक्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
उक्त सुविधाको उपभोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वाप्रिपेड कार्ड प्रयोग गरी वामो बैंक (यद्यबलप) एपमार्फत भुक्तानीगर्नुपर्ने छ । बैंकले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सशक्त रुपमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्य अनुरुप एएसजीआई केयर एण्ड हेल्थ सर्भिससँग सहकार्य गरेको छ । बैंकका ग्राहकहरुको स्वास्थ्य उपचार र मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकको विश्वास छ ।

Leave a Reply