मलाई काम नदिएर पदमात्रै दिए लामो समय नेकपा एसमा बस्दिनँ : वामदेव गौतम

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता वामदेव गौतमले पार्टी निर्माणको लागि आफूले काम गर्न चाहेको बताएका छन्।

कीर्तिपुरमा आयोजित ४७ औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै आफू काम गर्न आएको भन्दै पद नचाहिने बताए।

उनले भने, ‘मलाई के पद दिने भन्ने विषय उठेको छ। मलाई चाहिन्न पद । मैले त्यो पहिला पनि भनेको छु। मलाई काम दिनुस्। काम दिनको निम्ति तपाईँहरूले कुन पद सिर्जना गर्नुपर्छ ? कामसहितको सिर्जना गरिदिनुस्। काम बिनाको पद चाहिँदैन । कुनै पनि हालतमा चाहिँदैन। म बस्दा पनि बस्दिनँ। यदि तपाईँले पद दिनुहुन्छ तर काम दिनुहुन्न भने म धेरै लामो समय तपाईँहरूसँग बस्न सक्दिनँ।’

उनले आफूलाई काम गर्ने क्षेत्र चाहिएको बताए।

उनले भने, ‘एउटा जिल्ला की, दुई वटा जिल्ला की आधा जिल्ला की, एउटा पालिका की। क्षेत्र भनेको। जहाँ जनवर्गीय सङ्गठन, सामाजिक सङ्गठन, विभाग यी संरचनाहरू छन्। जो संरचनाभित्र रहेर त्यसको जिम्मेवार भएर काम गर्नुपर्ने हुन्छ। यो सबै गरेर संविधानमा हामीले लेखेको समाजवाद निर्माण गर्नुछ। त्यसैले मलाई काम गर्न दिनुहोस्। म काम गर्न पाइनँ, जनताको बीचमा जान पाइनँ भने मरे बराबर हुन्छ। मलाई कार्यक्षेत्र दिनुस् म निरन्तर काम गर्न तयार छु।’

Comments

One response to “मलाई काम नदिएर पदमात्रै दिए लामो समय नेकपा एसमा बस्दिनँ : वामदेव गौतम”

  1. Nepali kanxo Avatar
    Nepali kanxo

    J J diya pani nadiya pani bamdev lamo samaya basdainan.
    Herdai garnu, j khojera gaka xan tyo paudainan
    Arko aarop lauxan, janxan

Leave a Reply

Your email address will not be published. Required fields are marked *