युवाहरूलाई धमाधम पार्टी प्रवेश गराउँदै लिङदेन

काठमाडौं । राप्रपाभित्र दुई पक्षको टकराब चलिरहँदा अध्यक्ष राजेन्द्र लिङदेन भने धमाधम युवाहरूलाई पार्टी प्रवेश गराइरहेका छन् ।

उनले हिजो पार्टी कार्यालयमा नै एक सयभन्दा बढी युवाहरूलाई एक साथ पार्टीमा भित्र्याए ।

अध्यक्ष लिङदेनले अहिले पार्टीभित्र शुद्धीकरण अभियान र पार्टी प्रवेश अभियानलाई एकसाथ अघि बढाइरहेको नेताहरू बताउँछन् । देशभर नै युवाहरूको राप्रपाप्रति आकर्षण बढेको र स्वतःस्फूर्त रूपमा पार्टी प्रवेश गरिरहेको प्रवक्ता उनीहरूको भनाइ छ ।

अध्यक्ष लिङदेनले यसै साता मेचीनगरमा नगर अधिवेशनका क्रममा विभिन्न पार्टीमा क्रियाशील रहेको युवाहरुलाई राप्रपामा प्रवेश गराएका थिए ।

यस्तै, स्वयम्भूका पुजारी किसन बुद्धाचार्यलगायतका युवाहरूले राप्रपाको कार्यालयमै आएर लिङदेनको हातबाट सदस्यता लिएका छन् ।

राप्रपाको असन्तुष्ट पक्ष भने यतिबेला लिङदेनविरुद्ध उजुरवाजुर र गुट भेलाहरूमा व्यस्त छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *