काठमाडौं, ६ साउन । नेकपा एमालेको जारी नवौँ केन्द्रीय कमिटी बैठकमा १ सय ८० जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् ।
केन्द्रीय सदस्यहरूले धारणा राखेपछि आयोगका अध्यक्षहरूले बोल्ने क्रम सुरु भएको छ । उनीहरूले बोलिसकेपछि प्रतिवेदन प्रस्तुत गर्ने नेताहरूले उनीहरूका प्रतिवेदन माथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ ।
आयोगका अध्यक्षहरूलाई बोल्नको लागि ७ मिनेटको समय दिइएको छ । तीन वटा आयोगका अध्यक्षहरूले आफ्नो धारणा राखेपछि नेताहरूले बैठकमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको बैठकका सहभागी एक नेताले जानकारी दिए ।
केन्द्रीय कमिटी बैठकमा विधान संशोधनको सवालमा २ सय ६४ वटा सवाल सङ्कलन गरिएको छ । त्यसका आधारमा पार्टीले धारणा बनाउने छ र विधान अधिवेशनमा त्यसलाई प्रस्तुत गरेर छलफल पछि पास गरिने छ ।
हिजो र आजको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले एमालेको ध्यान मिसन २०८४ मा जानु पर्ने बताएका थिए । त्यसको लागि केपी ओलीको नेतृत्वमा पार्टीलाई अघि बढाउनु पर्ने धारणा अधिकांश नेताहरूको थियो ।

Leave a Reply