क्रिकेटमा कुवेत र नेपालबीच सहकार्य, दुई देशले टी-२० र ओडीआई सिरिज पालैपालो आयोजना गर्ने

काठमाडौं । नेपाल र कुवेतबिच महिला तथा पुरुष क्रिकेटमा सहकार्य गर्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) र कुवेत क्रिकेट बोर्डबीच पुरुष तथा महिला क्रिकेट टिमका लागि वार्षिक दुईपक्षीय श्रृंखला सञ्चालन गर्ने सहमति भएको हो ।

सहमतिअनुसार सन् २०२६ देखि प्रत्येक वर्ष महिला र पुरुषतर्फ कम्तीमा तीन टि–२० अन्तर्राष्ट्रिय खेल र अतिरिक्त ५० ओभरका खेलहरू दुवै देशमा पालैपालो आयोजना गर्नेछन् ।

यो सहकार्यले सहकार्यले अन्तर्राष्ट्रिय एक्सपोजर बढाउने र यस क्षेत्रमा एसोसिएट राष्ट्रहरूबीच प्रतिस्पर्धी क्रिकेटलाई बढावा दिने विश्वास छ ।

आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्र छनोटमा नेपाल र कुवेत एउटै समूहमा छन् । ओमनमा आगामी अक्टोबरमा हुने उक्त छनोटमा नेपालसहित ९ टोलीले सहभागिता जनाउनेछन् । उक्त छनोटबाट शीर्ष ३ मा पर्ने टोलीले सन् २०२६ मा हुने टी–२० विश्वकपमा स्थान पक्का गर्नेछ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *