गोल्डेन बुट जितेकी पूर्णिमा भन्छिन्ः बंगलादेशको जहिले क्याम्प हुन्छ, हामीलाई एक महिनाअघि मात्र क्याम्पमा बोलाइन्छ

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिपमा सर्वाधिक गोल गर्दै गोल्डेन बुट जितेकी नेपालकी फरवार्ड खेलाडी पूर्णिमा राईले उचित क्याम्प र ट्रेनिङले बंगलादेश बलियो भएको बताएकी छन् ।

बंगलादेशमा सोमबार भएको फाइनलमा नेपाल घरेलु टोलीसँग ४–० गोलअन्तरले पराजित भएको थियो । फाइनलमा पराजित हुँदै उपविजेतामा सिमित भएको नेपाल मंगलबार स्वदेश फर्किएको हो । स्वदेश फर्किने क्रममा फरवार्ड राईले उचित क्याम्प र ट्रेनिङ हुन नसक्दा खेल बंगलादेशसँग पराजित हुन पुगेको बताएकी हुन् ।

‘बंगलादेश बलियो नै हो । उनीहरुको ट्रेनिङहरु, क्याम्पहरु जहिले राखिराखेको हुन्छ । हाम्रो गेम हुन्छ भनेपछि त्यसको एक महिना, १५ दिन अघि मात्रै बोलाइन्छ हामीलाई,’ उनले भनिन् ।

उचित ट्रेनिङ गर्न पाए नेपालले बंगलादेशभन्दा राम्रो खेल्ने फरवार्ड पूर्णिमाले सुनाइन् ।

उनले भनिन्, ‘हामीलाई ट्रेनिङ गर्नका लागि धेरै समय राख्यो भने, उनीहरुको जस्तो क्याम्प राखिराख्यो भने हामी पनि त्योभन्दा राम्रो गर्न सक्छौं ।’ प्रतियोगितामा पूर्णिमाले १० गोल गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *