विद्याको प्रष्टोक्ति- म पछि हट्दिनँ, कार्यकर्तालाई आतंकित पार्ने कार्य बन्द होस्

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले आफू एमालेको सक्रिय राजनीतिमा आइसकेको भन्दै पछि नहट्ने प्रष्ट पारेकी छन् ।

आफ्नै निवास भंगालमा पत्रकारहरुसँग कुरा गर्दै भण्डारीले महाधिवेशन नआई नेतृत्वको बहस गराएर कार्यकर्ता विभाजित गर्न खोजिएको समेत बताइन् ।

भण्डारीले आफू पछि नहट्ने भन्दै कार्यकर्तालाई आतंकित पार्ने काम रोकिनुपर्ने समेत प्रष्ट पारेकी छन् । उनले जिल्ला र प्रदेशदेखि नै ग्रुपिजम गरेर कार्यकर्तालाई आतंकित पार्ने र बोल्न नदिने प्रयास भइरहेको बताएकी छन् ।

भण्डारीले आफू कठिन समयमा पार्टी र महिला आन्दोलन हुँदै देशको नेतृत्व गरेको भन्दै अनावश्यक रुपमा विवाद उचाल्न खोजिएकोमा असन्तुष्टि जनाइन् ।

भण्डारीले भनिन्- दल चाहिँ अनैतिक अखडा हो ? उच्च नैतिकताको मान्छे दलमा आयो भने दल पनि त नैतिकतावान हुन्छ नि । अहिले जसरी कार्यकर्तालाई टेरर गर्ने, बोल्न नदिने र बोलेबापत कारवाही गर्ने भन्न थालिएको छ यो ठिक छैन ।

भण्डारीले आफ्नो सदस्यता नवीकरण भइसकेको भन्दै अध्यक्ष केपी शर्मा ओलीसँग यस विषयमा कुरा भएको बताइन् । उनले नयाँ वर्षको आफ्नो वक्तव्यपछि ओली चिढिएको समेत सुनाइन् ।

Comments

6 responses to “विद्याको प्रष्टोक्ति- म पछि हट्दिनँ, कार्यकर्तालाई आतंकित पार्ने कार्य बन्द होस्”

  1. prem khatry, prof TU Avatar
    prem khatry, prof TU

    sabai leaders haru ko afno philosophy cha.. natural.. sabai ko disa nirdesh ko saili huncha.. satto srap garne kam uml ma ali badhi huncha. corner gardai parai lagera falne chalan pani cha… bidya ji le nikai sochera kadam chalne ho.. ali durghanda bhayeka grp memhber chan bhane hachkinu pani parcha.. aune sabai ramra chhabi ko chan ke? khyal garnu hola..bhojpurvasi tapaiko sath hunu parne ho.. janma bhuki ani rastra.. subhakamana. cheli ko khayal garnu paryo bhannu bhako TU ko senate sabhama .. ali ali yad hola nahuda pani farak pardaina.. maile mrigendra ji bata sancho subista ko khabar line garko dherai bho.. bhetna garo hola.. subhakaman sadhai sath ma cha cheli lai.. scl ma dekhek 4 pande aba kati baki ra kata holan sadhai smaran garchu ma..

  2. Megha Nath Avatar
    Megha Nath

    सम्मानित भएर बस्दा राम्रो हुन्थ्यो होला । पार्टी आउनु विवाद बढ्नु रास्ट्रपतिको गरिमा र ओज बिपरित होला कि ? बिनास काले बिपरित बुद्धि हुन सक्ला , पुर्व माहामहिम ज्यु!

  3. Yubaraj Karki Avatar
    Yubaraj Karki

    उहाँ वामपन्थी आन्दोलनको मात्र होइन, सिंगै राष्ट्रको गहना हो। उहाँलाई सबैले सम्मान गर्नुपर्छ।

    1. ksp pyl Avatar
      ksp pyl

      कहिल्यै एमाले नरहेकालाई एमाले कमजोर बनाउन यस्ता शिखंडीहरूलाई उचाल्नुपर्ने छ ।

  4. ksp pyl Avatar
    ksp pyl

    लाज शरम नभए पछि जे बोले पनि हुन्छ । राष्ट्रिय एकताको प्रतीक मानिने राष्ट्रपति भईसकेको व्यक्ति वडा सदस्य लडन आउने ? प्रारम्भिक कमिटिमा वडास्तरको नेताले हराईदियो भने के हालत होला ? एमालेजनले बुछ यिनी खतरनाक छिन । एमाले बिग्रियोस्, कमजोर होस् यिनलाई मतलव छैन । यिनलाई चाहियो पद, बस पद। तानाशाही प्रवृत्ति देखियो

  5. Raj Avatar
    Raj

    अहिले पार्टी यिनको अनुकुल छैन। यो अवस्थामा पछि हट्दिन भन्नुको मतलव के हो? कुरा गम्भिर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *