बर्षा शिवाकोटीसँग प्रकाश सुवेदीको पुरानो तुषः टेलिभिजन कार्यक्रमबाटै ‘ट्रोल’ गर्ने प्रयास

काठमाडौं । हालै सञ्चारकर्मी प्रकाश सुवेदीले आफ्नो टेलिभिजन कार्यक्रममा नायिका वर्षा शिवाकोटीलाई ट्रोल ‘फिल्ममा ढंगले रुन पनि नजान्ने नायिका’ को संज्ञा दिए । वर्षाले हालै आयोजित राष्ट्रिय चलचित्र अवार्डप्रति पोखेको असन्तुष्टिलाई लक्ष्यित गर्दै उनले यस्तो अतिरञ्जित टिप्पणी गरेका थिए ।

सुबेदीको एउटा प्रवृत्तिसँग चलचित्रकर्मीहरु भलिभाँति परिचित छन् । उनी आफ्नो कार्यक्रममा अन्तरवार्ता दिन नमान्ने वा आफूसँग राम्रो सम्वन्ध नरहेका कलाकारहरुलाई मौका पायो कि उछितो काढिहाल्छन् । बर्षामाथि उनले गरेको टिप्पणीलाई पनि यही पाटोबाट हेरिएको छ । विगतमा उनले अनमोल केसी लगायतका थुप्रै कलाकारहरुलाई यसैगरि खेदो गरेका थिए ।

वर्षाले आफ्नो राष्ट्रिय चलचित्र अवार्डको प्रोत्साहन पुरस्कारमा महिला कलाकारलाई नसमेटिएकोप्रति असन्तोष पोखेकी थिइन् । त्यसमा टिप्पणी गर्दै सुबेदीले भने, ‘फिल्ममा राम्रोसँग रुन पनि नआउने नायिकालाई अवार्ड चाहियो रे ।’ उनले वर्षाले रोएको अभिनय गरेको एउटा भिडिओ क्लीप पनि देखाएका थिए ।

खासमा वर्षा शिवाकोटी सुबेदीले भनेजस्तो ‘रुनै नजान्ने’ कलाकार होइनन् । थुप्रै चलचित्रमा उत्कृष्ट अभिनय गरेकी वर्षामाथि सुबेदीले यो टिप्पणी केवल पुरानो तुष पोख्नका लागि गरेको बुझाइ चलचित्रवृत्तमा छ ।

केही समयअघि वर्षाले एउटा अपार्टमेन्ट खरिद गरेको समाचारहरु आएका थिए । उक्त समाचारलाई तोडमोड गर्दै सुबेदीले आफ्नो कार्यक्रममा गसिप बनाएका थिए । उनले एक पुरुष कलाकारसँग वर्षाको नाम जोड्दै अपार्टमेन्टमा उनको पनि लगानी रहेको दावी गरेपछि वर्षाले सुबेदी विरुद्ध प्रेस काउन्सीलमा उजुरीसमेत गरेकी थिइन् । त्यसयता वर्षाले सुबेदीलाई अन्तरवार्ता दिएकी छैनन् ।

बर्षा अभिनित नयाँ चलचित्र ‘माग्ने राजा’ रिलिजको पर्खाइमा छ । हिजो ‘माग्नेराजा’ को गीत सार्वजनिक कार्यक्रममा वर्षासँग सुबेदीको टिप्पणीबारे पत्रकारले प्रतिक्रिया मागेका थिए । कार्यक्रममा सहभागी हुन लबिम मल पुगेकी वर्षालाई सञ्चारकर्मीहरूले सोधे, ‘वर्षाजी तपाईं रुन जान्नु हुन्न रे हो ?’

कटाक्षयुक्त जवाफ दिँदै उनले भनिन्, ‘हो, यो सहि हो । मलाई रुनै आउदैन । खासमा कुरा के हो भने, सबै बच्चाहरू जन्मिदा रुँदै जन्मन्छन्, तर म चाहिँ हाँस्दै जन्मिएको थिए रे । त्यसैले मलाई रुन आउँदैन । म अहिले हरेक दिन रुन सिक्दैछु । प्रयास गरिरहेको छु। मैले उहाँलाई हरेक दिन रुने प्राक्टिस गरेर भिडियो पठाउने विचार गर्दैछु ।’

उनी आफ्नो स्टाटसबारे प्रस्ट पार्दै थप्छिन्, ‘कस्तो–कस्तो परिस्थिति हाँसेर टारियो । खासमा मैले मेरो स्टाटमा त्यस्तो नराम्रो केहि लेखेकै थिइनँ। म के लेख्दैछु भन्ने कुरा स्पष्ट भएरै मैले त्यस्तो लेखेको हो । मैले भन्न चाहेको कुरा मेरो स्टाट्समा क्लियर छ । एउटा विचार राखेपछि सामाजिक सञ्जालमा विवादहरु पक्कै आउँछ । एउटै चिजमा सबैजनाको समर्थन हुनुपर्छ भन्ने छैन,’ उनी जोडछिन् ।

आफुले लेखेको स्टाटसले सृजना भएको विवादले आफुलाई केही फरक नपरेको वर्षा बताउँछिन् ।

उनी भन्छिन्, ‘यही विषयमा टाउको दुखाउने भए किन लेख्थेँ होला र रु आफुलाई बोल्नुपर्छ भन्ने लागेको कुरा मैले लेखेकी हुँ । राष्ट्रसँग जोडिएको र आफुलाई चित्त नबुजेको कुरा लेखेको हो । यसपटक आवाज उठाउँदा अर्को पटक केही हुन्छ कि भनेर लेखेको हो ।’

‘मैले मेरो स्टाटसमा न कसैलाई ईंगित गरेको छु न त कोही अर्वाडको लागि लायक छैन भनेको छु । न अवार्ड मैले पाउनुपथ्र्यो भनेको छु । म त्यो लेबलमा पुगेकै छैन । मैले त्यस्तो काम केही गरेको छैन जसले मलाई अवार्ड दिलाओस् । मेरो दर्शक, मेरो निर्देशक र मेरो निर्माताले मेरो कामको मुल्यांकन गरेर मलाई प्रोत्साहन गर्दिनुभयो भने त्यही मेरो लागी सबैभन्दा ठुलो अवार्ड हो ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *