आलोचना खेप्न नसकेर एन्फाले फेसबुकको कमेन्ट बक्स गरेको आरोप, के भन्छन् पदाधिकारी ?

काठमाडौं । नेपाल साफ महिला यु–२० च्याम्पियनसिपको निर्णायक खेललमा नेपाल बंगलादेशसँग पराजित भएपपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले फेसबुक पेजको कमेन्ट बक्स अफ गरेको छ । यु–२० टोलीसँग सम्बन्धित सबै पोस्टहरुमा कमेन्ट बक्स अफ गरेको हो ।

तर, यु–२० टोलीसँग सम्बन्धित बाहेक अन्य पोस्टहरुमा भने एन्फाले कमेन्ट बक्स अन नै राखेको छ । बंगलादेशसँग निर्णायक खेलमा नेपाल पराजित भएपछि एन्फाको कार्यशैलीलाई लिएर दर्शकहरुले आलोचना गरेका थिए ।

उक्त हारको जिम्मा एन्फाले लिनुपर्ने भन्दै एन्फाको चर्को आलोचना भएको थियो । आलोचना धेरै आएपछि एन्फाले कमेन्ट बक्स नै अफ गरेको बुझिएको छ ।

एन्फाले यु–१६ अन्तर्गत नेपालमा भएको जावलाखेल र एपीएफबीचको खेलको पोस्टमा पनि कमेन्ट सेक्सन अफ गरेको छ । यस विषयमा बुझ्न खोज्दा एन्फाका महासचीव किरण राईले प्रवक्तालाई फोन गरेर बुझ्नु भने । हामीले प्रवक्ता प्रवक्ता सुरेश साहलाई फोन गर्यौं । उनले भने, ‘यस विषयमा मलाई थाहा छैन । मैले पनि बुझ्नैपर्छ ।’

बंगलादेशको ढाकास्थित बसुन्धरा किङ्स एरिनामा सोमबार भएको लिग चरणको अन्तिम खेलमा घरेलु टोली बंगलादेशसँग नेपाल ४–० ले पराजित भएको थियो । मोसाम्मत सागोरिका एक्लैले नेपालविरु४ चार गोल गरेपछि नेपालको उपाधि भित्राउने सपनामा ब्रेक लागेको थियो ।

च्याम्पियनसिपमा बंगलादेशले अपराजित रहँदै १८ अंकका साथ उपाधि हात पार्यो। नेपालले ६ खेलबाट १२ अंक पुर्यायो। बंगलादेशसँगको दुई खेलमा लगातार नेपालले हार व्यहोरेसँगै नेपाल उपाधिबाट बन्चित भएको हो ।

यसपछि एन्फाले कमेन्ट बक्स अफ गरेको थियो । नेपाली खेलाडीहरुको तस्बिर हालेको सबै पोस्टहरुमा कमेन्ट सेक्सन अफ गरिएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *