काठमाडौं । कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार २०८१ का लागि उत्कृष्ट १० आख्यानकृति छनोट भएका छन् ।
कविडाँडा साहित्य समाज, चितवनले ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार २०८०’ का लागि १० आख्यानकृति छनोट गरेको हो ।
समाजले आज एक विज्ञप्ति जारी गर्दै कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार, २०८१ का लागि निर्णायक मण्डलको सिफारिसका आधारमा छनोट भएका १० आख्यानकृति सार्वजनिक भएको जनाएको छ ।
शैलेन्द्र अधिकारीकाे अर्हत् (उपन्यास), छुदेन काविमोकाे उरमाल (उपन्यास), रमेश क्षितिजकाे एउटा मायी नगरमा (कथासङ्ग्रह), जयराम तिमल्सिनाकाे धीमहि (उपन्यास), पंचम अधिकारीकाे प्रवासीको देश हुन्न (कथासङ्ग्रह), टंक चौलागाईंकाे रूदाने (उपन्यास), श्रीधर खनालकाे सावर्णि (उपन्यास) बसन्त बस्नेतकाे सिमसारा (उपन्यास), सरस्वती प्रतिक्षाकाे स्व (उपन्यास), र तीर्थ गुरुङकाे हिउँको गीत (उपन्यास) छनौट भएका छन् ।
कृतिहरूमध्येबाट दोस्रो चरणमा उत्कृष्ट पाँच कृतिको सूची प्रकाशन गरिनेछ र ती मध्येबाट उत्कृष्ट एक कृतिको छनोट गरी “कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार २०८१” प्रदान गरिने अध्यक्ष एलबी क्षेत्रीले जानकारी दिए ।
कविडाँडा साहित्य समाज, चितवनले प्रत्येक वर्ष प्रकाशित नेपाली आख्यान कृतिहरूमध्येबाट एक कृतिलाई कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार दिँदै आएको छ ।

Leave a Reply