यी हुन् मदन पुरस्कारको लागि छनौटमा परेका पुस्तकहरु

काठमाडौं । मदन पुरस्कार गुठीले मदन पुरस्कार २०८१ मा छनौट भएका  पुस्तकहरूको सूची सार्वजनिक गरेको छ। गुठीले आज पुरस्कारका लागि छनौट भएका ७ वटा पुस्तकको सूची सार्वजनिक गरेको हो ।

गुठीले  ‘मदन पुरस्कार – २०८१’ का लागि  सात कृतिहरू छनौट गरेको छ । पुरस्कारका लागि गुठीलाई २९९ पुस्तकहरू प्राप्त भएकाे थियाे। छुदेन काविमोकाे उरमाल, रमेश भुसालकाे छालबाटो : कैलाशदेखि गङ्गासम्म,  कुमारी लामाकाे दर्ज्यु संलाप, मनप्रसाद सुब्बाकाे  पञ्‍चतत्त्वको पालाम,  श्रेयज सुवेदीकाे बहुरुपी,   सुधीर शर्माकाे भिक्षु, व्यापार र विद्रोह (नेपालको भोट-चीन सम्बन्ध र भारत) र तीर्थ गुरुङकाे हिउँको गीत  छनाैट भएका  छन् ।                                                    

विस २०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्‍त्रमा चित्तरञ्‍जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ कृतिलाई मदन पुरस्कार दिइएको थियो ।

मदन पुरस्कार गुठीले विसं २०७२ देखि गुठीमा प्राप्त पुस्तकहरू मध्येबाट बढीमा १० वटा पुस्तकहरू छनौट गरी सूची सार्वजनिक गर्ने गरेको छ। गुठीको नियमानुसार अप्रकाशित सामग्रीहरूको बाहुल्य रहेका पुस्तकहरूलाई छनौटको एउटा आधार बनाइन्छ। छनौटमा परेका पुस्तक मध्ये एकलाई श्रेष्ठ कृतिका रूपमा मदन पुरस्कार दिने गरिएको छ। २०७५ सालबाट पुरस्कार राशी चार लाख रूपियाँ रहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *