पुरुषप्रति सहानुभूति दर्शाउँदै ज्योती मगरको गजल, विष्णु सापकोटालाई गंगाजल !

काठमाडौं । आफूलाई लागेको कुरा निर्धक्क सामाजिक सञ्जालमा लेखिहाल्ने गायिका हुन् ज्योति मगर । बाहिर छवि जे-जस्तो भए पनि सामाजिक सञ्जालमा उनले लेख्ने स्टाटसहरु भने गम्भीर प्रकृतिका र बहस जन्माउने खालका हुन्छन् ।

आज भने ज्योति फरक अवतारमा प्रस्तुत भएकी छन् । उनले फेसबुकमा एउटा गजल पोस्ट गरेकी छन्, जसले निकै प्रतिक्रिया बटुलिरहेको छ । यो गजल पनि आफैँमा बहस जन्माउने स्तरकै छ । कतिले चाहिँ उनी आफैँले लेखेकी हुन् त ? भन्नेमा पनि आशंका व्यक्त गरेका छन् ।

हुन त अहिले सामाजिक सञ्जालमा ऋषि धमलाको ‘कविता’ भाइरल भइरहेको छ, जुन उनले आफ्नै टेलिभिजन कार्यक्रममा गर्वसाथ सुनाएका थिए ।

धमलाको छेउ न टुप्पोको कवितालाई लिएर धेरैले हँसिमजाक गरिरहँदा ज्योतिको गजलले भने संवेदनशील विषयवस्तुको उठान गरेको छ, जसको पक्ष र विपक्षमा मानिसहरू बाँडिनेछन् ।

ज्योति मगरले अमुक ‘पुरुष’ प्रति सहानुभूतिशील हुँदै यो कविता रचेकी हुन् । अहिले गायिका एलिना चौहानले पूर्वपति विष्णु सापकोटालाई विभिन्न आरोपहरू लगाएर अन्तरवार्तामा छाइरहेकी बेला ज्योतिको यस्तो कविता आउनु अर्थपूर्ण लाग्छ । ज्योतिले विष्णुलाई नै लक्षित गरेर यो गजल लेखेकी हुन् वा होइनन्, त्यो उनैलाई थाहा होला, तर उनको गजलले विष्णुलाई राहत भन्ने पक्कै मिल्ने छ ।

स्मरणीय के छ भने एलिना चौहानको विषयलाई सबैभन्दा पहिले ज्योतिले नै सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् । उनले नाम नखुलाईकन ‘एक गायिकालाई श्रीमानले दिएको यातना’ को विषयमा स्टाटस लेखेपछि एलिना र विष्णुको सन्दर्भमा चर्चामा आएको थियो । पछि एलिनाको आग्रहमा उनले त्यो स्टाटस हटाइन् । तर, अहिले एलिना आफैँले छताछुल्ल बनाइरहेकी छन् । यस्तोमा ज्योतिले कुन आशयले यो गजल पोस्ट गरेकी हुन् भन्ने कौतूहलको विषय बनेको छ ।

उनको गजलमा एकजनाले कमेन्ट गरेका छन्:

कार्यक्रममा सँगै जाँदा गाडी मा एउट गायिका बहिनीले यसो भनिन् भन्दै, एलिनालाई उचालेको अपार सफलतापछि अब विष्णुलाई हल्का मलम लाए जस्तो गरी घाउ कोट्याउन सुरु । तर निर्दोष पुरुषका वास्तविकता बोकेका छन् शब्दहरूले ।

ज्योतिले ‘निर्दोष पुरुषहरूलाई समर्पण गर्दै’ पेश गरेको गजल यस्तो छः

हो ऊ पुरुष हो सधैँ बलवान हुन्छ ऊ
कठै कोले भन्छ र लुकेर एक्लै रुन्छ ऊ।।।

बोल्यो भने नामर्द कहलाऊ छ र त
हजार लाञ्छना गाली गलौच चुपचाप सुन्छ ऊ,
हो ऊ पुरुष हो सधैँ बलवान हुन्छ ऊ
कठै कोले भन्छ र लुकेर एक्लै रुन्छ ऊ।।।

आफै ढल्छ आफै उठ्छ आफै लाई सुमसुम्याउनु
तिम्ले दिएको कालो दाग आफ्नै आँसु ले धुन्छ ऊ,
हो ऊ पुरुष हो सधैँ बलवान् हुन्छ ऊ
कठै कोले भन्छ र लुकेर एक्लै रुन्छ ऊ।।।

बडेमानको जिउ भित्र सानो बालक लुकेको छ
प्रेम पाए श्रद्धाले तिम्रो पाउ नै छुन्छ ऊ,
हो ऊ पुरुष हो सधैँ बलवान हुन्छ ऊ
कठै कोले भन्छ र लुकेर एक्लै रुन्छ ऊ।।।

समाजको नजरमा दोषी बनाइ गिराइदेऊ
तर पनि सबसे पहिला तिम्रै खुशी चुन्छ ऊ,
हो ऊ पुरुष हो सधैँ बलवान हुन्छ ऊ
कठै कोले भन्छ र लुकेर एक्लै रुन्छ ऊ।।।

कस्तो कठोर मुटु उसको वियोगमा नि हाँसिरन्छ
छल्किनै आटेको पीडा लाई जबर्जस्ती थुन्छ ऊ,
हो ऊ पुरुष हो सधैँ बलवान हुन्छ ऊ
कठै कोले भन्छ र लुकेर एक्लै रुन्छ ऊ।।।

माया गरे जस्तो गर भ्रमको खेती गोड्न थाल्छ
भ्रमको फूल फुलाइ सुन्दर माला बुन्छ ऊ,
हो ऊ पुरुष हो सधैँ बलवान हुन्छ ऊ
कठै कोले भन्छ र लुकेर एक्लै रुन्छ ऊ।।।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *