शवदाह मेसिन खरिद प्रकरण : सदस्य सचिव थापालाई १ लाख धराैटीमा छाड्न आदेश

काठमाडौं । पशुपति शवदाह गृह मेसिनमा भ्रष्टाचार गरेको आरोपमा मुछिएका पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापा १ लाख धरौटीमा छोड्न अदालतले आदेश दिएको छ । कोषका सदस्य सचिवसहित १६ जनाविरुद्ध पशुपतिको शवदाह गृहको मेसिन खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएकोमा थापा सोमबार विशेष अदालतमा हाजिर भएपछि बयान र थुनछेक बहसपछि १ लाख धरौटी छोड्न अदालतले आदेश दिएको हो ।

तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासमा सोमबार भएको बयान तथा थुनछेक बहसपछि १ लाख धरौटीमा छोड्न आदेश दिइएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले नेपाल प्रेसलाई जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ८ मा कोषका सदस्य सचिव थापासहित १४ जना र दुई वटा कम्पनीलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अख्तियारले थापा सहित १६ जनासँग १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ हानिनोक्सानी भएको भन्दै बिगो भराई पाउ भन्दै माग दाबी गरेको छ । ३२ लाख ५० हजार भारतीय रुपैयाँ पर्ने शवदाह मेसिनलाई बढी देखाएको आरोप छ । एक करोड ५२ लाख रुपैयाँको उनीहरूले पेस्की समेत भुक्तानी गरेको आरोप छ । यसरी सम्झौता गर्दा कुल १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ बराबरको ठेक्का सम्झौता दिएर हिनामिना गरेको आरोप छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *