काठमाडौं । १५ औँ महाधिवेशन लक्षित गरेर कांग्रेस संस्थापन पक्षका नेताहरू छलफलमा जुटेका छन् । उपप्रधान तथा सहरी विकासमन्त्री समेत रहेका प्रकाशमान सिंहको निवासमा उनीहरू भेलिएका हुन् ।
छलफलमा सिंहसहित विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, शशांक कोइराला, प्रकाशरण महत र विजयकुमार गच्छदार सहभागी छन् ।
विगतको आन्तरिक छलफललाई निरन्तरता दिनको लागि आज नेताहरू भेला भएको बताइएको छ । यसअघि पनि उनीहरूले विभिन्न नेताहरूको छलफलमा छलफलमा बस्दै आइरहेका छन् ।
संस्थापन पक्षका यी नेताहरूले सभापति शेरबहादुर देउवालाई आगामी महाधिवेशनमा आफूभित्रबाटै उत्तराधिकारी छान्न दबाब दिन संयुक्त रूपमा बुढानीलकण्ठ समेत पुगेका थिए । तर, देउवाले अहिलेसम्म उत्तराधिकारी तोकेका छैनन् ।

Leave a Reply