गेष्टहाउसमा युवकको हत्या अभियोगमा पक्राउ परेकी महिला सार्वजनिक

जनकपुरधाम । जनकपुरधामको होटल एसपी एण्ड गेष्टहाउसमा शनि भनिने विमलेश यादवको हत्या अभियोगमा एक युवती पक्राउ परेकी छन् ।

महोत्तरीको बलवा नगरपालिका-७ की २४ वर्षीया जुली झालाई धनुषा प्रहरीले पक्राउ गरेर आज सार्वजनिक गरेको छ । कर्तव्य ज्यान मुद्दामा उनीमाथि अनुसन्धान थालिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

महोत्तरीको महोत्तरी गाउँपालिका १ पर्साका २८ वर्षीय शनिमाथि गेस्टहाउसमा छुरा प्रहार गरी एकतल्लाबाट तल खसालिएको थियो । आइतबार बिहान उपचारको क्रममा उनको अस्तातमै मृत्यु भएको थियो ।

घटनाको अनुसन्धानको क्रममा शनिको हत्यामा झाको संलग्नता रहेको खुलेको प्रहरीको दावी छ । प्रहरीका अनुसार घटनापछि झा गेस्टहाउसबाट भागेको सीसीटिभी क्यामेरामा कैद भएको थियो ।

मृतक शनि र पक्राउ परेकी युवती झा गेस्टहाउसमा शनिबार राति ९ बजेर ५५ मिनेटमा एकसाथ गएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । उनीहरुको सम्बन्ध र हत्याको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

One response to “गेष्टहाउसमा युवकको हत्या अभियोगमा पक्राउ परेकी महिला सार्वजनिक”

  1. उद्धव पराजुली Avatar
    उद्धव पराजुली

    #एकले अर्कोप्रती गरेको अगाध प्रेम
    #एक अर्काप्रती बिश्वासघात
    #हत्याहिंसा गर्नु हुन्न भन्ने थाहा हुँदा हुँदै पनि सो गर्नुमा कानुनी सजाय बेहोर्न तयार भएको
    बुझिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *