आईसीसीबाट अवार्ड पाएकोमा बधाई दिँदै प्रधानमन्त्रीले भने- नेपालीको नशा नशामा क्रिकेट छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्ड जितेकामा बधाई ज्ञापन गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो पटक अवार्ड जितेकामा बधाई ज्ञापन गरेका हुन् । ‘गत वर्ष हामीले ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्ड प्राप्त गरेका थियौँ । दोस्रो पटक पनि नेपाललाई यो अवार्ड प्राप्त भएको छ । नेपालीको नशा नशामा क्रिकेट छ । हामी सबैलाई बधाई !’, प्रधानमन्त्रीले ओलीले सामाजिक सञ्जालमा भनेका छन् ।

सिङ्गापुरमा आज भएको आइसिसीको वार्षिक सम्मेलनमा नेपाललाई उक्त अवार्ड प्रदान गरिएको हो ।

Comments

2 responses to “आईसीसीबाट अवार्ड पाएकोमा बधाई दिँदै प्रधानमन्त्रीले भने- नेपालीको नशा नशामा क्रिकेट छ”

  1. ksp pyl Avatar
    ksp pyl

    हो ठिक छ । देशको कुरामा , पार्टीको बैधानिक काममा ध्यान देउ । विद्या नामको शिखंडीलाई महत्व नदेउ । विद्याको सदस्यताको विषयमा कुरै ननिकाल अब । प्रस्तावित विधायन पास गराउ र समयमै अर्थात फागुन मै महाअधिवेशन गर । तिमी अध्यक्ष बन्नुपर्छ फेरि । त्यसपछि पनि स्वास्थ्यले साथ दिए बन्नुपर्छ । विद्यालाई पार्टीमा ल्याउनै हुन्न । जम्मै उसैलाई चाहिने ? दुई पटक राष्ट्रपति भैसकेपछि फेरि खानु पर्ने ? लाज शरम, नैतिकता नभएका। चरम पदलोलुप , स्वार्थी । यस्ता मान्छेले पदको लागि पार्टी नै पनि दाउमा लगाउँछन् ।ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीहरू हुतिहारा । आफू अध्यक्ष बन्नतिर नलाग्ने । अनैतिकको पछि लागेर खाउँला भनेर हिडने । वाहियातहरू ।

    1. खडेरी Avatar
      खडेरी

      बिध्या पार्टीमा त्यसै आएकि होइनन्।शेखर कोइराला बेलायत भ्रमणमा पश्चिममाहरुसंग गहन छलफल पश्चात बिध्यालाइ भेटे। नारायण काजी चिन गए।उताबाट आएर बिध्यालाइ भेटे।रन्जित रे पटक पटक नेपाल आएर मधेसवादी दलसंग छलफल गरे।अहिलेको सरकार इयुले बनाइदिएको हो।यो कुरा प्रोइण्डियनहरुलाइ चित्त बुझेको छैन। उनिहरुको फेवरमा यो सरकार नभएकोले बिध्या र शेखर तातिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *