मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा पक्राउ

काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) पक्राउ परेका छन् । उनलाई भद्रकाली आसपासबाट आइतबार विहान नियन्त्रणमा लिइएको काठमाडौंका जिल्ला प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले बताए ।

बालिका बलात्कारको उजुरीका आधारमा काठमाडौं प्रहरीले उनीमाथि अनुसन्धान थालेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा अहिराजविरूद्ध माघ ३ गते नै दर्ता भएको थियो ।

जाहेरी दर्तालगत्तै भागेर भारत गएका उनी केही हप्तादेखि काठमाडौंमै लुकेर बसेको सूचनाका आधारमा उनको खोजी गरिएको थियो ।

अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेस प्रदेश प्रमुख थिए ।

 

 

 

Comments

One response to “मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा पक्राउ”

  1. ksp pyl Avatar
    ksp pyl

    षडयन्त्र हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *