अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाललाई ऐतिहासिक सफलता, श्रेयसले व्रोन्ज मेडल जित्दा आयामलाई अनरेबल मेन्सन

काठमाडौं । अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाललाई ऐतिहासिक सफलता मिलेको छ । अष्ट्रेलियाको सनसाइन कोस्टमा जुलाई १० देखि २० सम्म सम्पन्न भएको ६६ औंं अन्तर्राष्ट्रिय म्याथम्याटिकल ओलम्पियाड २०२५ मा नेपालका श्रेयस सर्मा बास्तोलाले ब्रोन्ज मेडल हात पारे भने आयाम अचार्यले अनरेबल मेन्सन प्राप्त गरेका छन् ।

प्रतियोगितामा नेपालसहित ११२ देशका युवा विद्यार्थी हरुले प्रतिस्पर्धा गरेका छन् ।

प्रतिस्पर्धामा नेपालको तर्फबाट ६ जना विद्यार्थीहरुले सहभागी थिए । जसमा काठमाडौंका, बाराका द्रोण चौधरी, बर्दियाका आयुुस ठगुन्ना, मोरङ्गका नमन महेश्वरी, ललितपुरका आयाम आचार्य र धनुषाका आसिस मिश्र रहेका थिए ।

बास्तोला र आचार्यले ऐतिहासिक रेकर्ड राख्दै नेपाललाई अवार्ड दिलाएका हन् । साथै अन्य प्रतिस्पर्धी सबैजनाले उल्लेखनीय अंक प्राप्त गरेका कन्ट्री लिडर तथा म्यान महासचिव छबि ढुङ्गानाले नेपाल प्रेसलाई जानकारी गराएका छन् ।

२०१७ को ब्राजिल ओलम्पीयाडबाट निरन्तर प्रतिस्पर्धा गरिरहेको नेपालले सहभागीताको नौं वर्षमा यो उपलब्धि प्राप्त गर्न सफल भएको हो ।

करिब २००० बढी प्रतिस्पर्धी विद्यार्थीहरुबाट जिल्ला, प्रदेश हुदै केन्द्रीय चरणका छनौट परीक्षा साथै १२० घन्टा बढिको तालीम मार्फत अधिराज्य भएबाट ६ जना प्रतिस्पर्धी विद्यार्थीहरु छनौट भएको कन्ट्री डिपुटी लिडर नारायण पौडेल ले बताएका छन् ।

म्याथम्याटिकल एशोसिएशन अफ नेपालका उपाध्यक्ष साथै कार्यक्रम संयोजक हरि प्रपन्न कँडेलले विद्यार्थीहरुलाई निरन्तर रुपमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरको तालिमहरु प्रदान गर्ने साथै यस्ता प्रतिस्पर्धाहरुमा सरकारी निकायहरुबाट सहयोग वृद्धि भएमा स्तरोन्नति गर्न सकिने बताए ।

आगामी वर्ष चिनको साङ्घाईमा हुने ६७ औं गणित ओलम्पीयाडको अझ उत्कृष्टताको लागि अहिलैबाट कार्ययोजना तय गरी कार्यान्वयन सुरु गरिएको प्रशिक्षक हरिशरण पण्डितले जानकारी दिएका छन् । राष्ट्रिय प्रशिक्क्षक प्रजित अधिकारी सहितको नेपाली टीम अष्ट्रेलिया पुगेको हो । नेपाली टोली यही जुलाई २३ मा स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *