चौकीदार छनोटमा राजनीतिक चलखेल भएको भन्दै कास्की कारागारमा कैदीबन्दीको नाराबाजी

पोखरा । राजनीतिक चलखेलबाट चौकीदार छानिएको भन्दै कास्की कारागारमा कैदीबन्दीहरुको नाराबाजी गरेका छन् ।

कास्की कारागारको क’ ब्लकमा चौकीदार अजय गुरुङ नियुक्त गरिएको भन्दै प्रकाश गुरुङ पक्षले नाराबाजी गरेका हुन् ।

उक्त ब्लकमा करिब ४ सय कैदीबन्दी छन् । चौकीदारका लागि अजय गुरुङ, प्रकाश गुरुङ र प्रवीण थापाको नाम सिफारिस गरिएको र कारागार विभागले अजय गुरुङलाई नियुक्त गरेको कारागार कार्यालयका सूचना अधिकारी महेन्द्र कुवरले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *