सदस्यता नवीकरण प्राविधिक विषय हो, पहिले राजनीतिक सहमति हुनुपर्छः योगेश भट्टराई (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईको सदस्यता नवीकरण प्राविधिक विषयमात्रै भएको बताएका छन् । राजनीतिक विषय टुंगिएपछि सदस्यताको नवीकरण कुनै ठूलो मुद्दा नहुने उनको भनाइ छ ।

आज च्यासलमा पत्रकारहरूसँग कुरा गर्दै भट्टराईले मध्यमार्गी धारणा राखे । उनले दुई नेताहरूको छलफलबाट निष्कर्ष निस्किने आशा व्यक्त गरे ।

‘आजको भेटघाट नेकपा एमालेका निम्ति महत्वपूर्ण छ । हाम्रो पार्टीभित्र आएका विषयवस्तुलाई कसरी हल गरिन्छ भन्ने मोडल पनि आज देखिनेछ,’ उनले भने ।

पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणसम्बन्धी विवादमा भट्टराईले यो ठूलो इस्यू नभएको टिप्पणी गरे ।

उनले भने, ‘सदस्यता नवीकरण भनेको केबल प्राविधिक कुरा हो । प्राविधिकभन्दा पहिले राजनीतिक कुरा टुंगिनुपर्छ । राजनीतिक कुरा टुंगियो भने त्यो अनुसार प्राविधिक कुरा पनि सल्टिहाल्छ । पूर्वराष्ट्रपतिज्यू राजनीतिमा आउने सहमति भयो भने सदस्यता तत्कालै लिन सकिन्छ । यदि राजनीतिमा फर्किनु उचित छैन भन्ने भयो भने नवीकरण नै भएको छ भने पनि निस्क्रिय हुन्छ होला । प्राविधिक कुरामा धेरै बहस गर्नु आवश्यक नै छैन । गीत-संगीत तयार भएपछि पो कसरी नाच्ने भन्नु कुरा आउँछ ।’

आजको संवादमा नेताद्वयबीच जे सहमति हुन्छ त्यही नै हुने भट्टराईको भनाइ छ ।

Comments

One response to “सदस्यता नवीकरण प्राविधिक विषय हो, पहिले राजनीतिक सहमति हुनुपर्छः योगेश भट्टराई (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    ओलिले बिस्तारै विद्यालाई पाखा लगाईदिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *