गीत हिट भएपछि गुराँस नानीलाई दुर्गेसको मोबाइल गिफ्ट

काठमाडौं । गायक दुर्गेश थापाले मोडल गुराँस नानीलाई नयाँ फोन गिफ्ट दिने भएको छन। आफु अनर (HONOR)  फोन को ब्रान्ड एम्बेसडरमा नियुक्त भएपछि उपहारस्वरुप पाएको फोन दुर्गेशले गुराँस नानीलाई दिन लागेका हुन। फोन उपहार दिने भएपछि दुर्गेशले गुराँसको उज्जवल भविष्यको कामना गर्दै एक स्टाटस् पनि लेखेका छन ।

दुर्गेशले स्टाट्समा लभ इमोजी राखेर लेखेका छन, ‘गुराँस नानी, हजुरको सपना, कलाकारिताको चाहाना र हजुरको शैलीलाई मन पराएर नै हामिले पछिल्लो समय हजुरसँग सहकार्य गर्यौ जसले निकै सफलता प्राप्त गरेको छ। म अनरको ब्रान्ड एम्बेसडर बनेपछि पाएको पहिलो X6c फोन हजुरलाई उपहार दिँदा यो खुशी अझ बिशेष बनेको छ। यो फोनलेअब हजुरको प्रस्तुति अझै बिशेष बन्नेछ । सधै माया, सधै सम्मान — दुर्गेश थापाको तर्फबाट।’

दुर्गेशले गुराँसलाई दिन लागेको अनरको X6c फोन यहीँ जुलाई १३ मा लन्च भएको हो। जसको बजार मूल्य १२८ जिबिको १६,९९९ रुपैयाँ र २५६ जिबिको १८,९९९ रुपैयाँ छ।

दुर्गेशले १० दिन अघि भ्लगर सिसन बानियाँसँग मिलेर नयाँ गीत ‘जाने भए जाउ माया’ बोलको गीत बजारमा ल्याएका थिए। यो गीतले रिलिजको २४ घण्टाभित्र धेरै भ्युज पाउने नेपाली गीतको रेकर्ड बनाएको थियो। रिलिजको दुई घण्टामै ट्रेन्डिङमा उक्लिएको गीतलाई २० घण्टामै १६ लाख ३६ हजारभन्दा बढीपटक हेरिएको थियो। २४ घण्टाभित्र यति धेरै पटक कुनै नेपाली गीत हेरिएको थिएन। अहिलेसम्म यो गीतलाई ७९ लाख ४४ हजार पटक बढी हेरिएको छ भने गीत अहिले पनि म्युजिकको ट्रेन्डिङ नम्वर १ मा छ।

गीतको भिडियोमा दुर्गेश र सिसनसँगै गुँरास नानी फिचर्ड छिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *