खोलामा डुबेर २ जना बालकको मृत्यु

विराटनगर । इटहरीको ट्यांग्रा खोलामा डुबेर २ जना बालकको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेका २ जना बालकको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृतक दुवै जना ९ वर्षका छन् । इटहरी उपमहानगरपालिका–३ स्थित खोलामा पौडी खेल्ने क्रममा डुबेर दिउँसो ३ बजेतिर बालकहरु घाइते भएका थिए ।

गम्भीर अवस्थामा उद्धार गरेर उपचारका लागि पठाइएका इटहरी–३ कल्याण चोकका दीपसन चौधरी र इटहरी–२ का क्रिश्वास लिम्बूको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *