काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता सुरु भएको छ ।
छलफलमा बस्नुअघि उनीहरुले सामूहिक फोटा खिचाएका छन् । त्यसपछि वान टु वान सुरु भएको हो । तस्बिरमा दुवैजना हँसिलो मुद्रामा देखिएका छन् ।
सक्रिय राजनीतिमा फर्कने घोषणा पछिको ओलीसँग विद्याको यो पहिलो भेटवार्ता हो । एमालेमा पूर्वराष्ट्रपतिले सक्रिय राजनीतिको घोषणा गरेको विषयले नयाँ बहस निम्त्याएको छ ।
अध्यक्ष ओलीले भने भण्डारीको सदस्यता नवीकरण नभएको बताएका थिए । एमालेमा ओली–विद्या गुट सुरु भएको समेत आंकलन गरिएको लगायतका अवस्थाका बीच दुई जनामा वान टु वान वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


Leave a Reply