नेपालले लगातार दोस्रोपटक पायो आईसीसी डिजिटल फ्यान इनगेजमेन्ट अवार्ड

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाललाई सन् २०२४ को आईसीसी डिजिटल फ्यान इनगेजमेन्ट अफ दि इयर अवार्ड प्रदान गरेको छ । सिंगापुरमा भएको आइसिसीको वार्षिक साधारण सभामा आइसीसीले नेपाललाई उक्त अवार्ड प्रदान गरेको हो ।

सभामा आईसीसी अध्यक्ष जय शाहले नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्कालाई अवार्ड हस्तान्तरण गरेका थिए ।

आइसिसी विकास श्रेणी अवार्डअन्तर्गत उक्त अवार्ड नेपालले दोस्रोपटक पाएको हो । एसिया क्षेत्रको विजेता भएर नेपाल उक्त अवार्डको ग्लोबल छनोटमा परेको थियो ।

उक्त छनोटमा क्षेत्रीय विजेताको रूपमा एसियाबाट नेपाल, अफ्रिकाबाट नामिबिया, अमेरिकाबाट बर्मुडा, र इस्ट एसिया प्यासिफिकबाट इन्डोनेसिया ग्लोबल छनोटमा परेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *