गिरीको पक्षमा राप्रपा कर्णालीका १६ नेताको विज्ञप्ति, सिंहले भने– मेरो हस्ताक्षर दुरुपयोग भयो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष मुकुन्द श्याम गिरीलाई पदबाट बर्खास्त गरिएकोप्रति विरोध जनाउँदै १६ जना कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरुले विज्ञप्ति जारी गरेका छन् । गिरीलाई विधानविपरित गरिएको कारवाही तत्काल फिर्ता गरी पूर्ववत जिम्मेवारीमा फर्काउनुपर्ने उनीहरुको माग छ ।

महामन्त्री कुन्ती शाही, सहायक महामन्त्री सौरेन्द्रबहादुर शाह, कर्णाली प्रदेश अध्यक्ष दिपबहादुर शाही तथा ११ जना केन्द्रिय सदस्यहरुले विज्ञप्ति निकालेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘राप्रपा स्थापनाकालदेखि अनवरत सक्रिय रहनुभएका कर्णाली प्रदेशका जनप्रिय निष्ठावान नेता उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष एवं केन्द्रीय समिति सदस्यबाट पदमुक्त गरेको विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उहाँले पार्टीलाई दिनुभएको योगदान, त्याग र तपस्याको अवमूल्यन गरी पार्टीलाई विधानतः सञ्चालन गर्नका लागि नेतृत्वलाई सजग गराउने प्रकृतिको सामूहिक वक्तव्यलाई आधार बनाएर बिनाकुनै सूचना र स्पष्टीकरण उहाँलाई विधानविपरीत पदमुक्त गरिँदा कर्णाली प्रदेशका हामी तमाम पदाधिकारी तथा केन्द्रीय सदस्यहरू चिन्तित भएका छौं ।’

पार्टीको वृहत्तर हित र पार्टी एकतालाई ध्यानमा राखेर विधानविपरीत गरिएको कारबाही तत्काल फिर्ता गरी पूर्ववत् जिम्मेवारीमा पुनर्स्थापना विज्ञप्तिमा अपिल गरिएको छ ।

यसैबीच विज्ञप्तिमा नाम रहेका एक केन्द्रिय सदस्यले आफ्नो हस्ताक्षर दुरुपयोग भएको आरोप लगाएका छन् । जाजरकोटका यज्ञबहादुर शाहीले आफ्नो सहमति र उपस्थिति बेगर पार्टीको आन्तरिक कुरामा पक्ष–विपक्षमा राख्ने प्रयास गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *