संगीत एकेडेमीको कुलपतिको प्रस्ताव जीवन शर्माले इन्कार गरेको किरातीको खुलासा

काठमाडाैं।  माअ‍ोवादी केन्द्रका नेता सुदन किरातीले आफू मन्त्री हुँदा जनवादी गायक जीवन शर्माले संगीत एकेडेमीको कुलपति हुन नमानेको बताएका छन् । २०७९ फागुनमा आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदा संगीत एकेडेमीको कूलपति हुनुस् भनेर अनुरोध गर्दा शर्माले इन्कार गरेको बताएका छन् ।

किरातीले संजालमा शर्मासँगको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘३ फागुन ०७९ मा उहाँलाई मैले भनेको थिएँ, तपाई नेपाल नाट्य सङ्गीत प्रतिष्ठानको कुलपति बनिदिनुहोस्। उहाँले भन्नु भयो प्रस्तावको लागी धन्यवाद, कृपया मलाई कुलपति नबनाइ दिनुहोस् ।’

शर्माले कूलपति बन्न नमानेको देख्दा आफू अचम्ममा परेको उल्लेख गरेका छन् । उनले थप लेखेका छन्, ‘नेपालमा त्यस्तो मान्छे पनि रहेछ त्यति ठूलो पदमा बसिदिनुहोस् भन्दा पनि बस्दिन भन्ने ।’

किरातीले शर्मासँगको भेटको तस्बिर पनि सार्वजनिक गरेका छन् । शर्माका ‘छेकेर छेकिन्न’, ‘लिस्ने लेकमा’, ‘सल्लाघारीमा’, ‘सामान्तले’, ‘पाल्पा रानीवन’, ‘कोही साथी’ लगायत गति चर्चित छन् । त्यसबेला पूर्वमन्त्री किरातीले निशा शर्मा संगीत एकेडेमीको कूलपति नियुक्त गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *