पूर्वराष्ट्रपतिको राजनीतिक यात्रा र नेतृत्वमा बिचौलियाको चिन्ता

हामी प्रतिस्पर्धाबाट श्रेष्ठतामा विश्वास राख्ने एमाले हौं । जनताको बहुदलीय जनवादको आलोकमा सिर्जित नेकपा (एमाले) नेपाली कम्युनिष्ट आन्दोलनको एउटा सुन्दर छहारी हो । तर, यहीँभित्र पछिल्लो समय निषेधकारी गतिविधि, व्यक्तिकेन्द्रित नीति र निर्णयको बोलवाला हुँदा हामी जबजले कल्पना गरेकै एमालेलाई अगाडि बढाइरहेका छौँ कि अरु कुनै व्यक्ति वा शक्तिको पृष्ठपोषण गरिरहेका छौँ भन्ने अन्यौलता सिर्जना भएको छ ।

दक्षिण एसियाको राजनीतिलाई हेर्दा आवश्यकताको सिद्धान्तले कपितय पात्रको राजनीतिक जीवन तय भएका छन् । केबल पारिवारिक विरासतमात्र राजनीतिक अग्रसरताको आधार हुँदैन । तर, राजनीतिक क्रियाशीलतासँगै कतिपय अवस्थामा पारिवारिक विरासत धान्नुपर्ने आवश्यकता समयले सिर्जना गरिरहेको हुन्छ । नेपालमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका हकमा त्यस्तै आवश्यकता सिर्जना भएको छ । व्यक्तिगत इच्छाले हैन, समग्र राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति र पार्टीका आन्तरिक सन्दर्भहरुले उहाँलाई त्यसतर्फ अग्रसर गराएको छ ।

भारतमा इन्दिरा गान्धीको उदय केबल राजनीतिक विरासतबाट नभएर बाबुको विरासतसँग पनि सम्बन्धित थियो । उनी पण्डित जवाहरलाल नेहरुकी छोरी थिइन् । उनी सन् १९६६ देखि १९७७ सम्म तीनपटक र १९८० देखि १९८४ सम्म गरी जम्मा चारपटक भारतको प्रधानमन्त्री भइन् । १९८४ को अक्टुवर ३१ मा आफ्नै बडीगार्डले चलाएको गोली लागेर उनको ज्यान गयो । उनी १५ वर्षसम्म शासनमा रहेकी भारतकी लोकप्रिय राजनीतिज्ञ थिइन् ।

पाकिस्तानी राजनीतिज्ञ जुल्फिकर अली भुट्टोकी छोरी बेनजिर भुट्टो देशकै पहिलो महिला प्रधानमन्त्री भइन् । सन् १९८८ नोभेम्बर १६ देखि सन् १९९० अगस्टसम्म उनले पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का तर्फबाट उक्त अवसर पाएकी थिइन् ।

जुल्फिकर अली भुट्टो आफ्नो पाकिस्तानी जनताबीच आफ्नो समयमा लोकप्रिय नेता थिए । अन्तिममा उनैले नियुक्त गरेका सेनापतिले तख्ता उल्टाएर फाँसीमा चढाए । त्यसपछि विश्वभर नै फाँसीवादका विरुद्ध संघर्ष र प्रदर्शन भए । त्यसको असर नेपालमा पनि परेको थियो ।

बंगलादेशका प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानकी छोरी शेख हसिना त्यहाँ लामो समय प्रधानमन्त्रीका रुपमा काम गरेकी महिला हुन् । शेख मुजिबुर प्राचीन बंगाली सभ्यताको आधुनिक वास्तुकार मानिन्छन् । उनको नेतृत्वमा सन् १९७० मा पूर्वी र पश्चिमी पाकिस्तान विभाजित हुँदा उनले पूर्वीपाकिस्तानको नेतृत्व गरे । त्यही देशको वर्तमान नाम बंगलादेश हो । उनको निधनपछि छोरी शेख हसिनाले उनी नेतृत्वको अवामी लिग नामक राजनीतिक दललाई अगाडि बढाइन् ।

एमालेलाई एमालेसँगै रहे, भएका नेता, कार्यकर्ता काफी छन् । तर, सबैलाई समेट्ने नेतृत्व नहुँदा सबै भएर पनि केही नपुगेजस्तो देखिन्छ । त्यही नपुगेका कुराका निम्ति वा सर्वस्वीकार्य नेतृत्वका निम्ति पूर्वराष्ट्रपति भण्डारीको आवश्यकता एमालेलाई भएको हो । छिन्नभिन्न रहेको वामआन्दोलनको मूलप्रवाह निर्माणका निम्ति भण्डारीको आवश्यकता भएको हो ।

नेपालको राजनीतिमा विद्या भण्डारीको आवश्यकतासँग उपरोक्त पृष्ठभूमिसँग करिब करिब मेला खान्छ । यद्यपि, नेपालका घरेलु वास्तविकता फरक छन् । यतिबेला देशलाई मात्र हैन, एमालेलाई पनि सशक्त र सुदृढ नेतृत्वको खाँचो छ । संगठन, कार्यकर्ता र इतिहास हेर्दा एमाले कहिल्यै दोस्रो हैसियतको दल हुनुपर्ने पार्टी होइन । देशको सबभन्दा ठूलो दल हुनका निम्ति कुनै पनि गुणले एमाले कम छैन । तर, पहिलो दल हुन नसकिरहेको यथार्थबीच केही कटु तथ्य स्मरण गर्नुपर्छ ।

एमालेलाई एमालेसँगै रहे, भएका नेता, कार्यकर्ता काफी छन् । तर, सबैलाई समेट्ने नेतृत्व नहुँदा सबै भएर पनि केही नपुगेजस्तो देखिन्छ । त्यही नपुगेका कुराका निम्ति वा सर्वस्वीकार्य नेतृत्वका निम्ति पूर्वराष्ट्रपति भण्डारीको आवश्यकता एमालेलाई भएको हो । छिन्नभिन्न रहेको वामआन्दोलनको मूलप्रवाह निर्माणका निम्ति भण्डारीको आवश्यकता भएको हो । जनताको बहुदलीय जनवादले इंगित गरेका राष्ट्रिय कार्यभारलाई पूरा गर्न उनको आवश्यकता भएको हो । यसका निम्ति पार्टीका नीति, विधि र विधानका विषयमा प्रवेश गर्नु उचित हुन्छ ।

राष्ट्रपतिको जिम्मेवारी सकिएपछि सामान्य नागरिकका रूपमा आउन तयार भएर उहाँले आफ्ना सबै सुविधा त्याग्नुको अर्थ पार्टीमा काम गरेर केही पाउँछु भन्नका लागि होइन । पार्टीका लागि योगदान दिनुपर्ने अवश्यकताले उहाँलाई सदस्यता नवीकरण गर्नुपर्ने अवस्थामा लगेको हो । त्यो पनि आफ्ना लागि हैन, कम्युनिष्ट आन्दोलनको रक्षा र विकासका लागि ।

भर्खरै सम्पन्न भएको एमालेको सचिवालय र पोलिटब्युरो बैठकले ७० वर्षको उमेरहद र २ कार्यकालको व्यवस्था नरहने गरी विधान तयार गर्न म्याण्डेड दिएको छ । यसमा जालझेल भएको विषय पनि उत्तिकै उठेको छ । हिजो आफूलाई युवा नेतृत्व दाबी गर्नेहरूले पुस्तान्तरणका कुरा गरे । अघिल्लो पुस्तालाई उमेर र कार्यकालमा बाँधेर पार्टीभित्र स्वाभाविक पुस्तान्तरणको वकालत गरियो । आज त्यही कुरा आउँदा उनीहरु ‘निहुरमुन्टी’ भएका छन् ।

पार्टी बनाउन र चलाउन पूर्वराष्ट्रपति नै चाहिने स्थिति यस्तै नेताहरुका कारण सिर्जना भएको वास्तविकतालाई भुल्नु हुँदैन । न आफू नेतृत्व हत्याउन सक्ने, न त पार्टी र आन्दोलन व्यवस्थापनका कार्यभार सम्पन्न गर्ने विषयमामा सहयोगी बन्ने । मात्र चुनावमा टिकट चाहिने, जितेपछि मन्त्री चाहिने मानसिकताको रोगी भएका ती नेता हिजो आफैँले उठाएको उमेर हद र कार्यकालका एजेण्डामा आज केही बोलिरहेका छैनन् ।

विद्या भण्डारीले पार्टी काममा आउन चाहनु पुस्तान्तरण हुनुमात्रै होइन, पार्टीको व्यापक लोकतान्त्रीकरणसँगै छिन्नभिन्न भएका वामपन्थी शक्तिबीच एकता र सहकार्य पनि हुनु हो ।

प्रश्न उठेको छ कि, ‘सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारी’ लाई अब पार्टी अध्यक्षको पोल्टामा सुम्पिएको हो ? यदि त्यस्तो हो भने ‘युवा’ दावी गर्दै राजनीति चलाइरहेका नेतालाई भोलिका महाधिवेशनहरुले गतिलो जवाफ दिनेछ । आफू अगाडि बढ्न हिम्मत नगर्ने र अरुलाई पनि अगाडि बढ्न नदिने यो चरित्रले आन्दोलनको विकास र रक्षा कसरी हुन्छ ?

हिजो दुर्गा प्रसाईं, कोमल ओलीदेखि कमल थापासम्मलाई आफ्नो देख्नेले सिंगो जीवन कम्युनिष्ट आन्दोलनमा खर्च गरेको विद्या भण्डारीलाई ढोका लगाएर छेक्ने प्रवृत्तिले पार्टीको लोकतान्त्रीकरणसँगै पुस्तान्तरणसम्मका कार्र्यभार अन्यौलमा परेका छन् । यसको छिनोफानो अब एमालेको युवा पंक्तिबाटै लाग्नुपर्छ ।

विधान महाधिवेशनका प्रतिनिधि नयाँ ढंगले कार्यकर्तापंक्तिबाट छान्ने हिम्मत यदि पार्टी नेतृत्वसँग छ भने त्यसरी छानिएर आएका प्रतिनिधिले न उमेरहदको खारेजी मान्नेवाला छन्, न त अनन्तकालसम्म नेतृत्वमा रहन पाइने व्यवस्था जोगाउने छन् । एउटा मान्छेलाई रोक्नका लागि विधान महाधिवेशनमा नयाँ प्रतिनिधि आउन दिइएको छैन । तर, ११ औँ महाधिवेशन त पुरानै प्रतिनिधिबाट सम्पन्न त नहोला । त्यसैले पार्टी नेतृत्वले पछि पछुताउनुभन्दा अहिल्यै जे हुन्छ, त्यो व्यहोर्न तयार हुनुपर्छ ।

विद्या भण्डारीले पार्टी काममा आउन चाहनु पुस्तान्तरण हुनुमात्रै होइन, पार्टीको व्यापक लोकतान्त्रीकरणसँगै छिन्नभिन्न भएका वामपन्थी शक्तिबीच एकता र सहकार्य पनि हुनु हो । यसर्थ, युवाका नाममा राजनीति चलाएका एमालेका नेताले नेतृत्वको बिचौलिया नबन्नु स्वयं उनीहरुका हकमा हितकर हुन्छ ।

आज हुने पुस्तान्तरण र नेतृत्व हस्तान्तरणले आजै अरु कोही लाभान्वित होला, तर भोलिका दिनमा दोस्रो हैसियतमा नेतृत्व जाने कुरा शीघ्र र सहज हुन्छ । त्यसैले चिन्ता पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिक यात्राको हैन । आफूलाई युवा पुस्ता भन्दै राजनीति चलाएर नेतृत्वको बिचौलिया बनिरहेको पुस्ताको मुख्य चिन्ता हो । त्यसैले समय छँदै विचार गर्नु श्रेयष्कर हुन्छ ।

(न्यौपाने एमाले काठमाडौंका सचिवालय सदस्य हुन् ।)

Comments

4 responses to “पूर्वराष्ट्रपतिको राजनीतिक यात्रा र नेतृत्वमा बिचौलियाको चिन्ता”

  1. ksp pyl Avatar
    ksp pyl

    यस्ता वाहियात कुरा गर्ने नैतिकहिनलाई एमाले जिल्ला कमिटिमा राखिरहन उपयुक्त छैन ।

    1. Raj Avatar
      Raj

      बिध्या कमरेड अब सबै नेपालीको साझा नेतृ भइसक्नुभो।

  2. madan khakurel Avatar
    madan khakurel

    के पि ओलि को विकल्प बिध्या comrade बिलकुल होइनन। सहज नयाँ पुस्ता लाई नेतृत्व हस्तान्तरण गर्नुको बिकल्प छैन। बिध्या comrade को chapter close हुनु जरुरी छ । अभिभाबक भएर बस्दा मान सम्मान अझै धेरै पाईन्छ ।

  3. गोपीकृष्ण न्यौपाने Avatar
    गोपीकृष्ण न्यौपाने

    हो, यहाँले लेख्नुभएको कुरा मा सहमति नै छ।
    एमालेमा उपाध्यक्षहरु, महासचिव, उपमहासचिव, सचिवहरु लगायतका पोष्टमा जो व्यक्तिहरु हुनुहुन्छ, वहाँहरु के कारणले सम्माननीय पूर्व राष्ट्रपतिज्यू भन्दा कमजोर नेता हुनुभयो । सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यूको बिकल्प के सम्माननीय पूर्व राष्ट्रपति हो त ? यो मिल्दै मिलेन। एक त पूर्व राष्ट्रपति यो खिचलो राजनीतिमा आउनै हुंदैन, आउनुहुन्छ भने वहाँ लाई केन्द्रिय कमिटीले निर्णय गरेर पार्टीको संरक्षक अभिभावकको भूमिका दिनुपर्छ। झण्डै ८ बर्षको ग्याप भैसक्यो, राजनीति छोडेको।
    पार्टी फुटेर गयो, माओबादी छुट्टिएर गयो, तरपनि अप्ठ्यारो बेलामा एमालेको सान बचाउने नेता त केपी ओलीज्यूनै हो नी ! पछिल्लो समय एक बर्षको मुलुकको सबैखाले सूचाङ्क त सकारात्मक छन् त! यसमा अग्रणी भूमिका त केपी ओलीज्यूकै छ होला नी! मुलुकको सिमानाको कुरा होस् ,भारतीय पत्रकारहरुसंग अन्तर्वार्ता होस्, चीनसँगको व्यापार सम्झौता होस् वा भारतको हेपाह प्रवृत्तिको नाकावन्दी होस् , सतिसाल जस्तै उभिने नेता त केपी ओलीज्यूनै हो नी !
    अहिले पनि एमालेमा एस मिसिन चाहान्छ, ताल परे माओबादी मिसिन चाहान्छ तर केपी ओली बाहेकको एमालेमा भनेर त खुल्लमखुल्ला भन्दै हिडेका छन नी, किनकी केपी ओलीज्यूसंग यी मित्रहरू लाई लाज लागेको छ, यिनलाई शिर्ष पोष्ट चाहिएको छ तर केपी ओलीज्यूले आफ्ना नेताहरुलाई पछि पार्न चाहानुहुन्न। हो, मूल कारण यही हो र उनीहरु केपी ओलीज्यूको विकल्प खोज्दैछन, हामी हो, हो भन्दै हिंड्दैछौं ।
    नेकपा एमालेमा केपी ओलीज्यूको विकल्प अहिले तत्काल देखिन्न, विकल्प खोज्ने नै हो भने अहिलेका पदाधिकारीहरुलाई नै प्रतिष्पर्धा गर्ने मौका दिनुपर्छ, सम्माननीय पूर्व राष्ट्रपतिज्यू लाई सल्लाहकार संयोजक/संरक्षक पदमा राखेर सम्मान गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *