काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा जनसङ्गठन प्रमुख भानुभक्त ढकालले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता हाल पेन्डिङ रहेको र यसबारे निर्णय पार्टीले पछि गर्ने बताएका छन् ।
उनका अनुसार भण्डारीको सदस्यताबारे पार्टीले कुनै विशेष निर्णय गरिसकेको छैन । उनले भने, “उहाँको हकमा अहिलेसम्म के भएको छ, काठमाडौंबाट उहाँ बसेको ठाउँबाट नयाँ लिनुभएको छ, मेरो जानकारीमा छैन । पार्टी केन्द्रले कुनै स्पेसल निर्णय गरेको छैन यो विषयमा, अहिलेसम्म छैन ।”
ढकालले भर्खर मात्र यो विषय पार्टीको एजेन्डा बन्दै गरेको र आगामी दिनमा छलफलपछि मात्र निष्कर्ष आउने बताए । “भोलि पार्टीले सकारात्मक रूपमै निर्णय गर्ला रे, यो अपेक्षा गरौँ तर आजका मितिसम्म निर्णय भएको छैन,” उनले स्पष्ट पारे ।
पूर्वसदस्यको सदस्यता नवीकरणको सन्दर्भमा उनले पार्टी विधानको हवाला दिँदै प्रश्न गरे, “अब सदस्यता परित्याग गरेको व्यक्तिको सदस्यता नवीकरण हुन्छ कि हुँदैन रु कुनै विषय जीवन्त भए न नवीकरण हुने हो, सदस्यतै नभएको मान्छेको सदस्यता नवीकरण हुन्छ कि हुँदैन रु”
उनले थपे, “हिजोआज यो विषयमा बोले गाली आउन सक्छ, तर एमालेले पारित गरेको विधानको धारा ८ को ३ मा उल्लेख छ । धेरै किताब बोक्ने नेताहरूले किताबको गुदी कुराहरू नै नबुझेपछि के हुन्छ ? ”
पूर्वराष्ट्रपति भण्डारीको राजनीति प्रवेश संविधानले रोक्छ कि रोक्दैन भन्ने प्रश्नमा ढकालले खुला जवाफ दिए । “म सम्माननीय पूर्वराष्ट्रपति विद्या भण्डारी राजनीतिमा आउने उहाँको अधिकार हो, त्यो विषयमा केही बोल्दिन । संविधानले रोक्छ कि रोक्दैन रु भन्दै रोक्दैन तर एमालेमा आउने कुरालाई एमालेको विधि र प्रक्रिया हेर्न पर्यो नि,” उनले भने ।
उनले एमालेभित्र कसरी प्रवेश गरिन्छ भन्ने विषयलाई विधानअनुसार स्पष्ट गरे । “अध्यक्षदेखि तलसम्म आउने एउटा विधि छ,” ढकालले भने, “कतिपय साथीहरूलाई बाजागाजा बजाइयो भने अहिले नै लगेर राखिदिएजस्तो गरी प्रचार भइरहेको देखिन्छ । अहिले त्यो समय नै आएको छैन । बलल विधान अधिवेशनको तयारी हुँदै छ । यो सकेपछि बल्ल महाधिवेशनको मिति तोकिनेछ, अनि मात्रै नेतृत्वको विषयले प्रवेश पाउनेछ ।”
ढकालले सहमतिको माध्यमबाट मात्रै एमाले अघि बढ्ने बताएका छन् । “एमालेमा यस्तो गतिविधिले गन्तव्यमा पुगिने छैन, सहमतिको आधारमा लगिने हो, त्यसमा सबैले ख्याल गर्नुपर्ने छ,” उनले चेतावनी दिएका छन् ।

Leave a Reply