विद्या भण्डारीको सदस्यता नवीकरण पेन्डिङमा, पार्टीले पछि निर्णय गर्ने (भिडिओ)

काठमाडौं । नेकपा एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका विषयमा पोलिटब्यूरो बैठकमा छलफल भएको छ ।

शुक्रवार र शनिवार केन्द्रीय कार्यालय च्यासलमा बसेको पोलिटब्यूरो बैठकमा भण्डारीका विषयमा गम्भीर छलफल भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

‘गरिमामय पदमा पुगेको व्यक्ति एउटा पार्टी विशेषको नेता भएर आउँदा के हुन्छ भन्ने विषयमा गम्भीर छलफल भयो । पार्टीमा आउने कुराले के प्रभाव पर्छ भनेर धेरै कुरा उठे । कमिटीको गम्भीर ध्यानाकर्षण भयो । अध्यक्षले पनि अर्को बैठकमा यो विषयमा छलफल गरौँ भन्नुभएको’, गौतमले भने ।

भण्डारीको सदस्यता नवीकरण पेन्डिङ अवस्थामा रहेको उनले बताए । पार्टीले पछि निर्णय गर्ने पनि उनले जानकारी दिए ।

Comments

2 responses to “विद्या भण्डारीको सदस्यता नवीकरण पेन्डिङमा, पार्टीले पछि निर्णय गर्ने (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    के को पेण्डिङ्मा ? पार्टीमा ल्याउनै हुँदैन । केही स्वार्थीहरू विद्यालाई ल्याउन पाए खान पाईन्थ्यो भनेर हिडेका छन् । ती अनैतिकहरूलाई प्रश्न राष्ट्रिय एकताको प्रतीक भैसकेको व्यक्ति फेरि वडा सदस्य खान आउने ? लाज छैन दलालहरू ? दिल्लीका भाडाका टट्टुले मात्र वलिलाई रोक्न यस्ता कुरा उठाउँदै छन् । पदको गरिमाको हुर्मत लिने, चरम स्वार्थी, पदलोलुप, अनैतिक विद्याजस्तालाई पार्टीमा ल्याए एमाले सकिन्छ । पदको लागि यस्तो भाँडभैलो र अनैतिक काम गर्नेले विगतमा पदको लागि जे पनि गरेको हुनुपर्छ । यस‍ो भन्दा कतिपय अनुत्तरित प्रश्नको उत्तर खोज्न सजिलो हुन्छ कि । मलाई त घिन लाग्न थाल्यो ।

  2. lochan Avatar
    lochan

    सहि बिचार 👍️

Leave a Reply

Your email address will not be published. Required fields are marked *