कांग्रेस नेता केसीको दावी- शेखर कोइराला दलको नेता बन्ने सम्भावना छैन, संख्या भए प्रयोग गर्न पाउनुहुन्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता राजन केसीले डा. शेखर कोइराला अहिले पार्टीको संसदीय दलको नेता बन्ने सम्भावना नभएको दाबी गरेका छन्।

कांग्रेस–एमाले गठबन्धनको सरकार ढाल्न शेखर कोइरालालाई प्रधानमन्त्री बन्ने गरी नयाँ समीकरणको गृहकार्य भइरहेको चर्चाबीच उनले यस्तो बताएका हुन्।

काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने, ‘हाम्रो दलको विधानले प्रधानमन्त्री हुनको लागि संसदीय दलको नेता हुनुपर्छ भनेको छ। पार्टीमा त जो पनि दलको नेतामा आउन सक्छ। दलको नेता बन्न अहिले उहाँ (शेखर) को सम्भावना देख्दिनँ। उहाँले प्रयास गर्न पाउनुहुन्छ, त्यसो त मैले पनि प्रयास गर्न पाउँछु।’

उनले २५ प्रतिशत सांसदहरूले दलको नेता फेर्ने प्रस्ताव गरेर निर्वाचन हुनसक्ने भन्दै संख्या भए प्रयोग गर्न सक्ने बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *