इतर पक्षलाई लिङ्देनको चेतावनी- पार्टीभित्र अनुशासनमा नबस्नेलाई उन्मुक्ति दिइँदैन (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी कसैले फुटाउन नसक्ने दाबी गरेका छन्। मेचीनगरको नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले राप्रपा फुटाउने कल्पना कसैले गर्न नसक्ने जिकिर गरे।

राप्रपाभित्र असन्तुष्टि चर्किरहेको बेलामा उनले भने, राप्रपामा अब कसैले पनि विभाजनको कल्पना गर्न सक्दैन। राप्रपा नयाँ पार्टीको रूपमा धेरै अगाडि बढिसकेको छ। देशका लाखौँ युवाहरूको आशा र भरोसाको पार्टी बनिसकेको छ। त्यसैले अब कुनै सम्भावना छैन।

उनले पार्टीभित्र अराजकता मच्चाउन खोज्नेलाई अनुशासनको दायरामा ल्याउने भन्दै कसैले पनि उन्मुक्ति नपाउने सुनाए। उनले आफूले कुनै गलत काम गरेर पार्टीको नेता कार्यकर्ताको शिर झुकाउने काम नगरेको जिकिर गरे।

राप्रपा यति बेला दुई गुटको विवाद बढेको छ। राप्रपाका चार पदाधिकारीले विज्ञप्ति जारी गर्दै पार्टी नेतृत्वको आलोचना गरेका परेपछि अध्यक्ष लिङ्देन रुष्ट छन्।

उपाध्यक्ष मुकुन्दश्याम गिरी, उपाध्यक्ष विक्रम पाण्डे तथा महामन्त्रीद्वय डा. धवलशम्शेर राणा र कुन्ती शाहीले संयुक्त विज्ञप्ति जारी गरेर उनको आलोचना गरेका थिए। लिङदेनले उपाध्यक्ष गिरीलाई बर्खास्त गरिसकेका छन्।

लिङदेनले यसअघि नवराज सुबेदीलाई अनुशासन समितिको अध्यक्षबाट हटाएका थिए। यस्तै, प्रवक्ताबाट सगुनसुन्दर लावती बर्खास्त गरिएका छन्। केही समय अगाडि महामन्त्री डा। धवलशम्शेर राणाको संगठन विभाग प्रमुखको जिम्मेवारी पनि खोसेका थिए।

Comments

One response to “इतर पक्षलाई लिङ्देनको चेतावनी- पार्टीभित्र अनुशासनमा नबस्नेलाई उन्मुक्ति दिइँदैन (भिडिओ)”

  1. Mania Thompson Avatar
    Mania Thompson

    तिम्रा काम छैन अब।राज सँस्था को आन्दोलन सिथिल बनाउने कृया तिम्रै हो।कमले मुसा र तिमि एउटै ड्यङ्ग्को मुला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *