काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य आनन्द पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा निषेध गर्न नहुने बताएका छन्। च्यासलमा जारी बैठकमा बोल्दै अध्यक्ष केपी ओलीसँग भण्डारीलाई खुल्ला स्वागत गरेर काममा लगाउन आग्रह गरे।
उनले भने, ‘म अध्यक्ष कमरेड केपी ओली र सम्पूर्ण नेतृत्व पङ्क्ति लाई अनुरोध गर्न चाहन्छु पार्टीमा विधि सम्मत काम गर्न चाहना पार्टीमा पुन क्रियशिल हुन चाहने पूर्व राष्ट्रपति लगायत सबैलाई निषेध गरेर होइन खुल्ला स्वागत गरेर काममा लगाउनुपर्छ।’
पार्टी भित्र र बाहिर एमालेमा मनोवैज्ञानिक भावनात्मक, राजनीतिक, संगठानिक र पार्टीको आन्तरिक एकता मजबुत गर्दै सबै खाले समस्या समाधान गरी पार्टीलाई निर्णायक शक्ति र एकल बहुमतको सरकार बनाउन सक्ने सन्देश दिनुपर्ने बताए।
उनले भने, ‘दसौँ महाधिवेशनमा जब ७० वर्षे प्रावधान प्रस्तुत भयो पास भयो मैले विश्वास गर्न थालेँ अब नेतृत्वमा नयाँ पुस्ताको आगमन हुनेछ। शङ्कर पोखरेल जस्ता ऊर्जाशील कमरेडहरू अध्यक्ष बन्नेछन्, आशा पलाएको थियो आज आशा गरेकै कमरेडहरूबाटै वर्तमान विधान संशोधनको नयाँ प्रस्ताव बैठकमा प्रस्तुत भए पछि मेरो विगतको विश्वास खण्डित भएको छ ।’
उनले अहिले पेश भएको प्रस्तावले वर्तमान अध्यक्ष केपी ओलीकै निरन्तरताको परिकल्पना गरेको महसुस गरेको बताए।
यस्तो छ पोख्रेलले राखेको प्रस्ताव
पेलिट ब्युरो बैठकका श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीज्यू, वरिष्ठ उपाध्यक्ष, अन्य पदाधिकारीहरु र सहयोद्धा पोलिट ब्युरो सदस्य कमरेडहरू, हार्दिक अभिबादन आदरणीअध्यक्ष कमरेड सर्वप्रथम, यो ऐतिहासिक दोस्रो बिधान महाधिबेशनको तयारी पोलिटब्युरो बैठकमा आफ्ना विचारहरू राख्न पाएकोमा सबैमा कृतज्ञता व्यक्त गर्न चाहन्छु।
सचिवालय बैठकले १० घण्टा समय लामो छलफलपछि तयार पारेको विधान महाधिवेशनसम्बन्धी प्रस्ताबित बिघान मस्चौदा प्रस्ताब र अन्य दस्तावेज हामी सामु प्रस्तुत भएको छ। यो दस्तावेज सुनेर मन्न गरेपछि मेरो मनमा एकैपटक दुइटा भावना उत्पन्न भए — खुसी र गम्भीरता। दशौं महाधिवेशनमा जब ७० वर्षे प्रावधान प्रस्तुत भयो पास भयो मैले विश्वास गर्न थालेँ — अब नेतृत्वमा नयाँ पुस्ताको आगमन हुनेछ।शंकर पोखरेल जस्ता ऊर्जाशील कमरेडहरू अध्यक्ष बन्ने छन , आशा पलाएको थियो आज आशा गरेकै कमरेडहरुबाटै बर्तमान बिधान संसोधनको नयां प्रस्ताब बैठकमा प्रस्तुत भए पछि मेरो बिगतको बिशवास खण्डित भएको छ । प्रस्ताबले बर्तामान अध्यक्षको निरन्तताको परिकल्पना गरेको महसुस गरेको छ ।
म खुशिछु किनकी ३२ बर्ष अगाडि प्रजातन्त्रिक युवसंघ को प्रथम अधिबेशनबाट निर्बाचित अध्यक्ष कमरेड केपी शर्मा ओलीको पदाधिकारी टिमको प्रचार सचिब हौ । केपी शर्मा ओल र म बाहेक तत्कालिन टिमको साथिहरु बैठकमा छैनन । धेरैले पार्टी छोडे ! केही ब्यबसायिक रुपमा पार्टी सदस्य जोगाएर बस्नु भएको छ । म त्तकालिन जनपक्षिय राजनीतिको निर्बाचित योद्धा पनि हो । रेकर्ड हेर्दा हुन्छ पुरानो पार्टी सदस्य पनि हौ । म ३२ बर्ष देखी जितमा हारमा दुख र खुसीमा केपी ओली संगै छु । म ऊहाँसँग संघर्ष र सफलताको यात्रामा अगाडि बढ्ने पुराना साथिहरूमध्ये म पनि एक हुँ।
यस्तो समयमा, मैले अध्यक्षज्यूसँग मिलेर पार्टीको यात्रालाई पुन निरन्तरता दिन अबसर पाऊने संभाबना बढेकोमा गर्वको महसुस गरेकोछु । ३२ बर्ष अगाडी त्तकालिन प्रजातन्त्रिक राष्ट्रिय युवा संघको अध्यक्ष कमरेडको पदाधिकारी टिमको प्रचार सचिब म हौ । ति पदाधिकारी मघेय अध्यक्ष कमरेड र म मात्र यो हलमा ऊपस्थित छौ । अन्यहरु कि पार्टी छोडे , कि निष्कृय भए कि ब्सबसाय गरेर पार्टी सदस्य नबिकरण गरेका छन । निर्बचित पंचायति बिरोधी जनपक्षिय योद्धा पनि सायद म मात्रै छु । तुलनात्मक पुरानो पार्टी सदस्य पनि हौ । अध्यक्ष कमरेड दशै महाधिबेशनपछि बिधानत ७० वर्षपछि रिटायर हुने सोच बनाएको थिएँ। ११ महाधिबेशन पछि ७० हुन २ बर्ष मात्र बाकी रहन्थियो बाकि जिबनको त्यहीनुसार मार्ग चित्र बनाएको थिए । तर प्रस्तुत दस्तावेजले अहिले मलाई जीवनको मार्गचित्र फेर्न प्रेरित गरिरहेको छ।
अब म मेरो राजनीति जीवन सक्रिय राख्नेछु। ३२ बर्ष पछि कमरेड केपि शर्मा ओलीको टिममा पुन पदधिकारीको रुपमा पार्टीको रादनीतिक संगठनिक र राजकिय काममा संगै हुने अबसरको ढोका खोलेको महसुस गरेको छु । यस्तो जीबनको नया बाटोमा जाने क्रान्तिकारी प्रस्ताब ल्याएकोमा सचिबालयलाई धन्यबाद दिन्छु । जबसम्म स्वास्थ्यले साथ दिन्छ, म संविधान, पार्टी विधान र कानुनले दिएको क्षेत्रधिकार भित्र रही देश र जनताको सेवामा समर्पित रहनेछु। आवश्यक परे राजकीय जिम्मेवारीका लागि प्रतिस्पर्धा गर्न पछि नहट्ने कुरा राख्न चाहन्छ ।
अब विधानमा आवश्यक संसोधन प्रस्ताव राख्न चाहन्छु: पहिलो: काठमाडौं उपत्यका भूगोल र ऊपत्यका विशेष कमिटीबीच समन्वयको अभाव छ। बिशेषका १३ हजार पार्टी सदस्यहरु भुगेल बाहिर छन ऊनिहरुलाई भुगेलमा प्रभावकारी रुपमा परिचालन गर्न यी दुई संस्थालाई एउटै बनाउने, र त्यसअनुसार विधानलाई संशोधन गर्न जरुरी छ।जसबाट ऊपत्याकाको निर्बाचन नतिजा लाई सकारात्मक प्रभाब पार्दछ । दोस्रो: वर्तमान विधानले प्रदेशस्तरमा प्रतिनिधि छनोट प्रक्रियामा स्पष्टता दिन सकेको छैन।
त्यसैले, विधान संशोधनमार्फत अधिबेशनका प्रतिनिधी छनौट प्रक्रिया सरल, पारदर्शी र निष्पक्ष बनाउनु अत्यावश्यक छ। तेस्रो: सम्पर्क मञ्चले ऊपत्यकामा रहेका सम्बन्धित जिल्लाका नेता र कार्यकर्तालाई समर्थकलाई जोड्ने काम गर्छ। तर जिल्ला संग जोडने र समन्वय गर्न अहिले अप्ठ्यारो महसुस भएको छ । बागमति जिल्लाका अधिकाश जनता राजधानि केन्द्रित छन । मन्चले सबैलाई समुन्वय गर्न कठिन हुन्छ । त्यसैले सम्पर्क मञ्चलाई सम्बन्धित जिल्ला कमिटीसँग मजबुत सम्बन्ध र समन्वयमा ल्याउनु आबश्यक छ चौथो: आज गाउँहरू खाली हुँदै गएका छन्, तर मतदाता राजधानी वा विदेशमा बसिरहेका छन्। तसर्थ, अस्थायी रूपमा ऊपत्याका बसोबास गरिरहेका मतदातालाई केन्द्रमा राखेर बिशेष पुनर्संरचना गर्नु हाम्रो राजनीतिक अभियानको आवश्यकता हो। पाँचौँ: पार्टीले अब दुई प्रकारका सदस्यता दिने प्रणाली विकास गर्न आवश्यक छ। यो आएकोमा धन्यबाद !
छैटौ – राज्यको संरचना अनुसार जिल्लालाई समन्वयकारी कमिटी बनाऊ । अहिलेको कार्य बिभाजन त्यनुसार उनमुख छ । सातौ निर्वाचन क्षेत्र सम्न्वय कमिटीको भूमिकामा थप अधिकार प्रदान गरेर जनतालाई संगठित गर्ने जिम्मेवारी प्रभावकारी बनाउन सकिन्छ। अध्यक्ष कमरेड एकता र द्वन्द्व व्यवस्थापन पार्टीको अहिलेकोआफ्नो मुख्य उद्देश्य “नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने” र मिशन ०८४ मा एकल बहुमतका सरकार बनाऊनु हो । यसको लागि सबैभन्दा ठूलो चुनौती घेराबन्दि तेडने ,आन्तरिक एकता मजबुत गर्ने र द्वन्द्व व्यवस्थापन हो। अध्यक्ष कमरेडलो यो चुनौती पार लगाऊन सक्षम हुनुहुन्छ भन्न् पूर्ण विश्वास छ।
यसका लागि हामी सबैको जिम्मेवारीबोध र ऐक्यबद्धता र निष्ठा आवश्यक छ। ईतिहासको समिक्षा गर्दा हामीले विगतमा आन्तरिक द्वन्द्व व्यवस्थापन गर्न सकेनौ बाह्यहस्तक्षेपलाई रोक्न सकेनौ । आन्तरिक अन्तरबिरोधलाई गणितमा टुंग्याऊने प्रयत्न गरे । कारण विभाजनको पीडा भोग्यौं—२०५४ ,२०७६ र २०७८ का पार्टी बिभजनको पीडा भोगेर आएका घटनाहरू अझै हाम्रा आँखा अगाडि ताजै छन्। यदि त्यो विभाजन रोक्न सकेको भए आजको एमाले ०५१ सालदेखि अहिले निरन्तर राष्ट्र र सरकारकोनेतृत्व गरिरहेको हुन्थ्यो। आज नेपाल विकासशील राष्ट्र मात्र होइन,मध्यम आय भएको मुलुक मा रुपान्तरण भइसकेको हुन्थ्यो।यसो नहुनमा पार्टी भित्रको आन्तरिक अन्तरबिरोध हल नहुनु हो । द्धन्ध बिभाजनके तहमा पुग्नु हो ।बिधान महाधिबेशनले कोरेको मार्गले ११ वौ महाधिबेशन भब्य सब्य र एकता बद्ध हुनेछ । बिगतको त्रासदि मुक्त हुनेछ ।
निष्कर्ष हामीलाई इतिहासबाट सिक्ने अझै मौका छ । हामीलाई सुधार गर्ने अवसर छ। हामीले एक अर्काके मन जितेर ब्यबाहरत पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउने संकल्प गर्नुपर्ने आबश्यक छ । यस सन्दर्भमा, म अध्यक्ष कमरेड केपी ओली र सम्पूर्ण नेतृत्व पंक्ति लाई अनुरोध गर्न चाहन्छु पार्टीमा बिधि सम्मत काम गर्न चहान पार्टीमा पुन क्रियशिल हुन चहाने पुर्ब राष्ट्रपति लगायत सबैलाई निषेद्ध गरेर होईन खुल्ला स्वागत गरेर काममा लगाऊनु पर्छ ! पार्टी भित्र र बाहिर एमालेमा मनोबैज्ञानिक भाबनात्मक , राजनीतिक , संगठानिक र पार्टीको आन्तरिक एकता मजबुत गर्दै सबै खाले द्धुन्ध समाधान गरि पार्टीलाई निर्णयक शक्ति र एकल बहुमतको सरकार बनाऊन सक्ने सन्देस दिन यो नेतृत्व र बैठक सफल हुनेछ ।शुभकामना । धन्यबाद।

Leave a Reply