साफ यू–२० महिला च्याम्पियनसिपः भुटानविरुद्ध नेपालको सानदार जित

काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालले भुटानविरूद्ध सानदार जित निकालेको छ।

शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानलाई ८-० गोलले पराजित गरेको हो ।

नेपालको जितमा पुर्णिमा राई र मीना देउवाले  ह्याट्रिक गोल  गरेका थिए भने कुसुम खतिवडा र समिक्षा मगरले एक एक गोल गरे।

नेपालले सोमबार बंगलादेशसँग खेल्नेछ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *