एमाले बैठकमा गोकुलले भने–पार्टीमा यान्त्रिक होइन विश्वासिलो एकता आवश्यक छ

काठमाडौं । नेकपा एमालेको जारी पोलिटव्युरो बैठकमा पूर्वमन्त्री तथा प्रभावशाली नेता गोकुल बास्कोटा मध्यमार्गी सुनिएका छन् । शनिवार बैठकमा आफ्नो धारणा राख्दै बास्कोटाले पार्टीमा यान्त्रिक एकता होइन विश्वासिलो एकता आवश्यक रहेको बताए ।

बास्कोटाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सन्दर्भमा समेत राजनीतिक विषय भएकाले राजनीतिक ढंगले डिल गर्न सुझाव दिएको बैठकका सहभागी एक नेताले बताए । बास्कोटाले अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति भण्डारीबीचको सहकार्य र सौहाद्र्रता दुनियालाई थाहा भएको हुनाले यसलाई झटारो हानेर होइन राजनीतिक ढंगले सुल्झाउन आग्रह गरेका छन् ।

बैठकमा बास्कोटाले भने–अध्यक्ष र पूर्व राष्ट्रपतिबीचको विश्वास र सहकार्यको सम्बन्ध एमालेजनलाई मात्र होइन दुनियालाई थाहा छ । तपाईहरु आपसमा छलफल गरेर राजनीतिक ढंगले सुल्झाउनुस्,प्राविधिक कुराले होइन । दोस्रो पुस्ताका हौं भन्नेताहरुले मिलाउने क्षमता देखाउनुस्,तपाईहरुसँग त हामी पनि प्रतिस्पर्धा गर्न सक्षम र तयार छौं । पार्टीमा यो बेला यान्त्रिक होइन ट्रष्टफूल एकताको खाँचो छ । यस्तो विषयमा झटारो हान्ने काम नगरौं ।

पोलिटव्युरो सदस्य बास्कोटाले ७० वर्षे उमेर हदलाई विगतमा सैद्धान्तिक विषय बनाइएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *