भ्रष्टाचारको पैसा सफ्टवेयरबाट बाँड्नेहरू हामीलाई सदनमा प्रतिबन्ध लगाउन खोज्दैछन्: विराजभक्त श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विराजभक्त श्रेष्ठले सदनमा आफ्नो पार्टीलाई सरकारले प्रतिबन्ध लगाउन खोजेको दाबी गरेका छन्।

पार्टीको काठमाडौं २४ को प्रथम वडा अधिवेशनलाई सम्बोधन गर्दै सदनमा आफू बोल्ने बेलामा सभामुखले पनि माइक काट्ने गरेको सुनाए।

उनले भने, ‘तपाईँहरूले जिताएर संसद्मा त पुर्‍याउनुभयो, यहाँ तपाईँहरू बत्ती झ्यापझ्याप काटेर हैरान त्यहाँ हामी चाहिँ सभामुखले माइक काटेर हैरान, बोल्यो कि माइक काट्ने अहिले त एउटा नारा पनि चल्न थालेको छ, स्थापित दलहरूलाई सात छाप, बत्ती जान्छ झ्याप झ्याप। यो कस्तो लोकतन्त्र हो त यो रु जन निर्वाचित भएर आएको एक जनाको पनि आवाज सुन्नुपर्छ तर यहाँ सिङ्गो दललाई प्रतिबन्ध गर्न खोजिरहेको छ।’

भिजिट भिसामाको नाममा दैनिक ५० लाखदेखि ३ करोडसम्म कमाउने धन्दाको आफूहरूले अहिले पनि विरोध गरिरहेको बताए।

उनले थपे, ‘अहिले त भ्रष्टाचार गरेको पैसा सफ्टवेयरबाट हुन्छ रे। देशको सेवा सुविधा चाहिँ ढड्डाबाट हुन्छ, भ्रष्टाचारको पैसा चाहिँ सफ्वेरबाट बाँडफाँट हुन्छ त्यसको विरुद्ध आवाज उठाएका छौँ। संसद्मा आन्दोलन जारी राखेका छौँ।’

भूमि विधेयकमा सार्वजनिक जग्गाहरू आफ्नो कार्यकर्तालाई बाँड्ने प्रावधान राखेर ल्याएको दाबी गरे। उनले संस्थागत र नीतिगत भ्रष्टाचारको लागि कानुनी प्रबन्ध गर्न खोजेको आरोप लगाए।

Comments

One response to “भ्रष्टाचारको पैसा सफ्टवेयरबाट बाँड्नेहरू हामीलाई सदनमा प्रतिबन्ध लगाउन खोज्दैछन्: विराजभक्त श्रेष्ठ”

  1. ksp pyl Avatar
    ksp pyl

    यस्ता वाहियात कुरा गरेर खाईरहेका छन् यिनले । दशतिर दशथरी काम गरेर नसकेर नकारात्मक भावना बोकेर, अरूलाई सत्तोसराप गरेर राजनीति हुदैन मिस्टर । देश बनाउने सपना देखाउ । विचार केही छैन खालि सबै नेताको मुखमा गालि छ । तिम्रो रविले टिभिमा लगेर ग्वाम ग्वाम सहकारीको पैसा खाएको, अन्तरार्ष्ट्रिय स्तरको टिभि चलाउँछु भनेर अरबौ पैसा डुबाईदिए जस्तै जनतालाई सपना देखाएर, भुलाएर देश डुवाउन खोजेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *