इटहरी सरकारविरुद्ध आन्दोलन गर्ने माओवादीको चेतावनी

विराटनगर । इटहरी उपमहानगरमा बजेट होलिडे सुरु भएको प्रति आपत्ति जनाउँदै   नेकपा माओवादीले आन्दोलनको चेतावनी दिएको छ ।

इटहरी सरकारमा रहेका दलहरूले एकले अर्कोलाई दोष देखाउँदै समस्याबाट पन्छिने खोजेको भन्दै माओवादीले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो ।

इटहरी उप महानगरले आर्थिक वर्ष ०८२ /८३ का लागि बजेट ल्याएपनि पास गर्न सकेको छैन । बजेट पास नहुँदा इटहरीमा बजेट होलिडे सुरु भएको छ ।

माओवादी केन्द्र इटहरीले विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष ०८१/०८२ को अन्त्यसम्म पनि ०८०/०८१ आ व मा सम्पन्न उपमहानगरबाट संचालित आयोजनाहरुको भुक्तानी गर्न इटहरी उपमहानगरपालिका कार्यालय असक्षम भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यस्तै माओवादीले इटहरीका मेयर हेमकर्ण पौडेलले पत्रकार एवम् सञ्चारकर्मीमाथि लगाइएका आधार हीन आरोप तथा लाञ्छनाको घोर विरोध गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, हाम्रो पार्टी संविधानले नै सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको सुरक्षाप्रति प्रतिबद्ध रहेको कुरा जानकारी गराउँदछौँ ।

माओवादीले उप महानगरमा बढ्दो बेरुजु प्रति समेत आपत्ति जनाउँदै चिन्ता व्यक्त गरेको छ । महालेखा परिरक्षक कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभरका उप महानगर मध्ये सबै भन्दा बढी बेरुजु इटहरीको रहेको छ ।

Comments

One response to “इटहरी सरकारविरुद्ध आन्दोलन गर्ने माओवादीको चेतावनी”

  1. ksp pyl Avatar
    ksp pyl

    पार्टी अध्यक्ष हर्क सामपाङहरू भनेका लोकतन्त्रमा फुलेका फूल हुन् भन्ने । उसैको पार्टीको उपमेयरले धरानमा बजेट ल्याउनै नदिएर बजेट होलिडे गराउने । माओवादीजस्तो फटाहा कुरा गर्ने त पार्टी नै छैन । अध्यक्ष नै १०० वटा झुट बोले पछि पनि १०१ झुट बोल्ने झुटको पुलिन्दा रहेछ । यसो दुई चार भोट आउँछ भनेपछि जहाँ जे पनि बोल्ने । न मान्यता छ, न विचार छ , न अडान छ । पुङ् न पुच्छरको मान्छेजस्तो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *